आगलागीबाट बिस्थापित परिवारलाई राहत

0
350

आनन्द गौतम

ताप्लेजुङ, कार्तिक १९  । ताप्लेजुङमा सोमबार भएको आगलागीबाट बिस्थापित परिवारलाई बिपत व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

घर जलेका परिवारलाई समितिको तर्फबाट नगद ५ हजार रुपैयाँ, जिल्ला विकास समितिले २ र बहुउद्देश्यीय सहकारी संस्थाले २ गरी ९ हजार रुपैयाँ प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले भने घर जलेका र विस्थापित भएका समेतगरी १८ परिवारलाई  पाल, कम्वल, भाँडाकुडा, खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ ।

आगलागीबाट काजी मादेन, भद्र बोखिम, दावाएण्ड लामा, पृथ्वीध्वज लिम्बुको घर पुर्णरुपमा जलेको छ भने थप क्षतिबाट जोगाउन केसिमाया पतङ्वाको घर भत्काइएको थियो ।

राहत वितरणमा प्रमुख जिल्ला अधिकारी प्रकास पौडेललगायत सुरक्षा प्रमुख उद्योग बाणिज्य संघ, रेडक्रस लगायतका संघसंस्थाका पदाधिकारी  सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here