मदिरा पिएका चालकले हाँकेको कारले हान्दा बिजुलीको पोल भाँचियो

0
1067

काठमाडौं,

कोरोना भाइरसको जोखिमका कारण सरकारले होटल, रेस्टुरेन्टहरु अझै पूरै खोल्न दिएको छैन। मदिरा पसलहरुसमेत खुल्ने क्रममा छन्। तर अत्यधिक मदिरा पिएर सवारी चलाउँदा गएराति ११ बजे काठमाडौंको मण्डिखाटामा एउटा कारले बिजुलीको पोल नै भाँचेको छ।

मण्डिखाटारमा प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरको कारले सडक छेउको बिजुलीको पोललाई ठक्कर दिएको हो। मदिरा पिएका चालक हाँकेको कारले ठक्कर दिँदा भाँचिएको बिजुलीको पोल त्यही कारमाथि बजारिएको थियो। महानगरीय ट्राफिक प्रहरीका प्रमुख भीमप्रसाद ढकालका अनुसार अनियन्त्रित अवस्थाको कार बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो।

‘मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन पुगेको रहेको छ’, प्रमुख ढकालले भने, ‘उक्त कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ।’ उक्त दुर्घटना गराउने कार चालक नवीन पोखरेल सुरक्षित रहेको ढकालले जानकारी दिए।

अहिले ढलेको पोल व्यवस्थापन भइसकेको उनले बताए। पोखरेललाई प्रहरी वृत महाराजगन्जमा बुझाइएको महाशाखाले जनाएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here