मोरङ ।
मोरङको रङगेली नगरपालिका–३ बस्ने डोलेन्द्र बिष्टका १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो बिष्टको घरदेखी करिव १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।