वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

0
951

दमौली,

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ ।

आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”

म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको आज निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here