अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

0
727

मोरङ।

अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामान हरु बरामद गरिएको छ ।

भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै इनरुवा(दुहवी सडकखण्ड एरियाबाट दुई लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो ।

साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here