जीवन भट्टराईको ‘चुपचाप बदलियो’ सार्वजनिक ( भिडियो )

0
961

आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को दिने म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्। जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो।

अग्रिम रुपमा दशैँको शुभकामना व्यक्त गर्दै गायक गजुरेलले यस भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here