‘व्यवसायीको हितका लागि जस्तासुकै चुनौति बेहोर्न तयार छु’

0
526

Yubaraj Sangroula

युवराज संग्रौला, संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेद्वार
तपाईको उद्योग वाणिज्य संघमा उम्मेद्वारी किन ?

–झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाको कार्य क्षेत्रभित्र रहेका आम व्यवसायीहरुलाई आइपर्ने समस्या हल गर्न, उद्योग व्यवसायीको एकतालाई कायम राख्दै हरेक समस्यालाई सामूहिक रुपमा हल गर्दै सुरुङ्गा क्षेत्रलाई झापाको उद्योग र वाणिज्यको केन्द्रको रुपमा विकास गर्ने लक्षयका साथ संयुक्त व्यवसायिक प्यानल बनाइएको हो र उक्त उद्देश्य प्राप्तिका लागि योगदान गर्न मेरो उम्मेद्वारी परेको हो ।
तपाईको दृष्टिकोणमा टीम ठूलो कि अध्यक्ष ठूलो  ?

–मेरो सोचाइमा टीम ठूलो हो । टिम भनेको विविध प्रतिभा र क्षमताको केन्द्रीकरण हो । व्यवसायी वीचको एकता र सहकार्य नै उद्योग वाणिज्य संघको आत्मा हो । अध्यक्ष भनेको टिम स्पीरिटलाई बलियो बनाउन सबैलाई संयोजन गर्ने पात्र मात्र हो । संघको कार्यसमितिदेखि बाहिर पनि दर्जनौं मैले मान्नुपर्ने अनुभवी, परिपक्व व्यक्तित्वहरु हुनुहुन्छ, उहाँहरुलाई समेत संघ र व्यवसायीको बृहत्तर हितमा समेटेर जाने मेरो प्रतिबद्धता छ । मिनाल तिम्सिना, मोतिखर ओझा, सोमनाथ उप्रेती, डिल्लीराम पौडेल लगायतका समयले खारेका र आफ्ना क्षेत्रका परिपक्व साथीहरुको टिम भएकाले हामी हाम्रा लक्ष अनुरुप काम गर्न सक्छौं भन्नेमा पूर्णतः विश्वस्त छु ।

.तपाईका मूल मुद्धा के के हुन्   ?

–मेरो प्यानल यस शाखा क्षेत्रभित्रका सबै सोच र दृष्टिकोणका व्यापारी व्यवसायीहरुको प्रतिनिधित्व गर्छ । त्यसैले यो प्यानललाई संयुक्त व्यवसायिक प्यानल भनिएको हो । घरधनी र बहालवाला वीचमा देखिएका समस्याको निराकरणका लागि यस अघि उवासंघ सुरुङ्गाले लागू गरेको घरबहाल सम्झौतालाई अझै व्यापक रुपमा लागू गराई दुवै पक्षवीच सुमधुर सम्बन्ध कायम राख्न पहल गर्ने, बन्दमुक्त शान्तिक्षेत्र सुरुङ्गाको अभियानलाई निरन्तरता दिंदै ठूला उद्योगी व्यवसायीलाई यस क्षेत्रमा आकर्षित गरी रोजगारी सृजना गर्दै धार्मिक पर्यटकीय सुरुङ्गाको गौरवलाई कायम राख्दै वाणिज्य नगरीको रुपमा विकास गर्ने,शाखाको कार्यालय सञ्चालनलाई कम्प्युटर प्रणालीसँग आबद्ध गरी पान तथा करसम्बन्धी काममा व्यवसायीलाई अझ सहज बनाउने, आन्तरिक राजस्व कार्यालय भद्रपुरसँग समन्वय गरी करनीतिमा समयसमयमा भइरहने परिवर्तन सम्बन्धमा उद्यमी व्यवसायीलाई सुरुङ्गामा नै प्रशिक्षणको व्यवस्था मिलाउने, कनकाई अतिथि सदनको बाँकी कार्यमध्ये आफ्नो कार्यकालमा १ तला पूरा गरी सञ्चालनमा ल्याउने, महिला उद्यमीलाई प्रोत्साहित गर्न कार्यक्रमहरु ल्याउने, अव्यवस्थित बजारक्षेत्र तथा फोहोरमैला व्यवस्थापन, प्लाष्टिक नियन्त्रण तथा न्यूनीकरणका लागि यस क्षेत्रमा क्रियाशील युवाक्लब, संघसंस्था तथा सरोकावाला निकाय वीच समन्वय गरी साँचो अर्थमा सुरुङ्गालाई राम्रो सुरुङ्गा बनाउने हाम्रो प्यानलको उद्देश्य रहेको छ ।

                                 प्रस्तुति तीर्थराज खरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here