वी.पीको दशौं दीक्षान्त समारोह

0
415

लक्ष्मी दर्नाल
धरान,माघ ७ । वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं दीक्षान्त समारोह–२०७० माघ २१ गते मंगलवारका दिन प्रतिष्ठानकै सभा भवनमा हुने भएको छ ।
शैक्षिक सत्र सन् २००६ देखि २०१० सम्ममा भर्ना भएका तथा उतीर्ण भएका विद्यार्थीहरुलाई उक्त दिन विभिन्न व्यक्तित्वहरुको सहभागिताबाट दीक्षित गरिने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानका हाडजोर्नी विभाग सह प्रा.डा पशुपति चौधरी बताए ।
पत्रकार सम्मेलनमा बोल्दै हाडजोर्नी विभाग सह प्रा.डा चौधरीका अनुसाcollege-blockर विभिन्न विद्यामा पढ्दै आएका विद्यार्थीहरु सो दिन दीक्षित हुने भएका हुन् । ४ सय ९७ जना विद्यार्थीहरु दीक्षित हुनेसमेत उनले बताए । उनले भने–, ‘हामीले सो दिन विभिन्न व्यक्तित्वहरु, विद्यार्थी, अतिथिहरु गरी लगभग १ हजार जनाको सहभागिता हुनेछ ।’
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा सम्पन्न हुने समारोहमा अन्य अतिथिहरुको पनि सहभागिता रहने हाडजोर्नी विभाग सह प्रा.डा  चौधरीले जानकारी दिए । उनका अनुसार एमडिएमएस तर्फ–३ वर्ष, एविविएस–५वर्ष, बिडिएस–साढे चार वर्ष, एमपिएच–२ वर्ष, बिएस्सी नर्सिङ–४ वर्ष, बिएस्सि एमएलटी–४ वर्ष र बिएसि ओ टि–२ वर्षको कोर्षमा रहेर विद्यार्थीहरुले अध्ययन गर्दै आएको  सह प्रवक्ता प्रा.डा  चौधरी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here