झापाका एकलाख २८ हजार बाल बालिकालाई पोलियो खुवाइदै

0
794

बिर्तामोड, माघ ११ ।  राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत झापाका पाँच वर्षमुनिका एकलाख २८ हजार  बालबालिकालाई आजदेखि पोलियो थोपा खुवाइँदै छ ।

जिल्लामा पोलियो थोपा खुवाउने कामलाई व्यवस्थित गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक गाविसमा नौ देखि १२ र नगरपालिकामा ३२ वटासम्म केन्द्र तोकेर पोलियो थोपा खुवाउन शुुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले जानकारी दिए ।

आज छुटेकालाई भोलि घरघरमै पुगेर थोपा खुवाइने कार्यलय प्रमुख मेहेताको भनाइ छ ।     आज बिहानदेखि सुरु गरिएको कार्यक्रमका लागि स्वयम्सेवक परिचालन गरिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । पोलियो थोपा खानबाट बालबालिका नछुटुन् भनेर एक साताअघिदेखि नै तयारी थालेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखापरेका छैनन् । पोलियो उन्मूलन गर्ने उद्देश्यले सरकारले देशैभरि यो अभियान जारी राखेको छ ।

जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको उद्देश्य रहेको छ । कार्यक्रमअन्तर्गत नेपालमा पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
झापामा  एक वर्षमुनिका १८ हजार वालवालिका रहेका छन ।  पोलियो खोपका लागि भद्रपुर नगरपालीकामा १६,मेचीमा १८ र दमकमा ३२ वटा केन्द्रवाट वालवालिकालाई पोलियो थोपा खुवाइदैछ ।
उता चितवनमा पाँच वर्षमुनिका ६७ हजार १८४ जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्यअनुसार कार्यक्रम सुुरु भएको छ ।

यहाँ पोलियो थोपा खुवाउने कामलाई व्यवस्थित गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक गाविसमा नौदेखि १५ वटासम्म र कुल ५३० केन्द्र तोकेर पोलियो थोपा खुवाउन सुुरु गरेको हो ।

आज छुटेकालाई भोलि घरघरमै पुगेर थोपा खुवाइने छ । यसअघि पुसको ६ र ७ गते पनि यहाँ पोलियो थोपा खुवाउने अभियान सञ्चालन गरिएको थियो ।

आज बिहानदेखि सुरु गरिएको कार्यक्रमका लागि एक हजार ६० जना स्वयम्सेवक परिचालन गरिएको जनस्वास्थ्य कार्यालय चितवनका खोप सुपरीवेक्षक गंगाधर पण्डितले जानकारी दिए ।

पोलियो थोपा खानबाट बालबालिका नछुटुन् भनेर एक साताअघिदेखि नै तयारी थालेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पोलियो रोगका दृष्टिले चितवन उच्च जोखिममा रहेको छ । भारतसँग सीमा जोडिएको र बसाइँसराइ उच्च हुने गरेकाले चितवन पोलियो रोगको उच्च जोखिममा पर्दछ ।

नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखापरेका छैनन् । पोलियो उन्मूलन गर्ने उद्देश्यले सरकारले देशैभरी यो अभियान जारी राखेको छ ।

जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको उद्देश्य रहेको छ । कार्यक्रमअन्तर्गत नेपालमा पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

चितवनमा एक वर्षमुनिका ११ हजार ५५ र एक वर्षदेखि पाँच वर्षसम्मका ५६ हजार १२९ बालबालिकालाई थोपा खुवाइने चितवनका जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले बताए ।

उनका अनुसार चितवनको भरतपुरमा एक वर्षमुनिका दुई हजार ७८७ र एकदेखि पाँच वर्षका १५ हजार ३२३ बालबालिकालाई थोपा खुवाइने लक्ष्य छ ।

यस्तै रत्ननगर नगरपालिकामा एक वर्षमुनिका ८७० र एक वर्षदेखि पाँच वर्षसम्मका चार हजार २६६ जना बालबालिकालाई थोपा खुवाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here