घरघरमा भारतीय मोबाइल कम्पनीको एन्टेना

0
401

index
झापा,माघ १२ ।  झापाको दक्षिणी सिमावर्ती क्षेत्रका अधिकांश गाविसका बासिन्दाले भारतीय फोनको प्रयोग गर्दै आएका छन् ।

रोजगारीका लागि भारत तथा खाडी मुलुक गएका आफन्तसँग सस्तो दरमा कुरा गर्न सकिने लोभमा अधिकांशले भारतीय मोबाइल फोन प्रयोग गर्ने गरेका हुन् । शरणमती,कुमरखोद,टाघनडुव्वा,राजगढ,घेरावारी,वनियानी,केचना लगायतदर्जनवढी गाविसका बासिन्दाका घरमा भारतीय कम्पनीका मोबाइलका एन्टेना देख्न पाइन्छ । त्यतीमात्र नभई उनीहरुको घरमा डिस टेलिभिजनको एन्टेना समेत राख्ने गरिएको छ । पछिल्लो समय डिस होमको पहुँच ग्रामीण क्षेत्रसम्म पुग्दै गएपनि नेपाली भन्दा भारतीय डिस  सस्तो पाइने भएकाले उनीहरु भारतीय डिस प्रयोग गर्ने गर्छन ।

गैरकानुनी भारतीय फोन र मोबाइल र डिस टिभीका  कारण नेपाली रुपैयाँ सजिलै भारततर्फ गइरहेको छ । भारतीय मोबाइलको सिमकार्ड, एन्टेना, रिचार्ज कार्डहरू नेपाली बजारमै खुलेयाम बिक्री भइरहँदा पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

दस रुपैयाँदेखि सय रुपैयाँसम्मको विभिन्न भारतीय मोबाइल कम्पनीका सिमकार्ड रौतहटको गौर, गरुडा, शिवनगर, कटहरिया लगाएका स्थानीय बजारमा बिक्री हुने गरेको छ । भारतीय सञ्चार निगम लिमिटेड (बिएसएनएल), एयरटेल, स्मार्ट, रिलायन्स, टाटा–डोकोमो लगायतका भारतीय मोबाइल कम्पनीहरूको एन्टेना घरमा राखेको पाइन्छ । रोजगारीका लागि खाडी मुलुक तथा भारत गएकाहरूले फोन गर्दा सस्तो पर्ने उनीहरूको भनाइ छ ।  सुरक्षा प्रमुखदेखि नेपाल टेलिकमका कर्मचारीलाई गैरकानुनी रुपले भारतीय कम्पनीका मोबाइल सञ्चालन भएको अवगत हुँदाहुँदै पनि सबै मौन छन् ।

भारतीय कम्पनीका मोबाइल बढी प्रयोग हुनाले शान्तिसुरक्षामा समेत चुनौति थपिएको जिल्लास्थित एक सुरक्षा अधिकृतले बताए । भारतीय कम्पनीका मोबाइललाई व्यवस्थित गर्न जरुरी रहेको र भारतीय मोबाइल प्रयोगकर्ताहरू बढ्दा करोडौँ रुपैयाँ बर्सेनि भारततर्फ गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here