अपराध रोक्न सामुदायिक प्रहरीको घरदैलो अभियान शुरु

१२ माघ २०७०, आईतवार मा प्रकाशित

सुरेन्द्र भण्डारी 

Photo0488बिर्तामोड,माघ १२ । बिर्तामोड र आसपासको क्षेत्रमा शान्ति सुरक्षा अमनचयन कायम गराउदै सभ्य समाज निर्माणमा लागि परेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र अनारमनी – ४ विर्तामोडले पर्चा सहितको एक महिने सामुदायिक घर दैलो अभियान शुरु गरेको छ ।
विगत लामो समयदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको सो सेवा केन्द्रले सम्भ समाज निर्माणका लागि यस्तो अभियान शुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रहरी प्रमुख मुकुन्दराज आर्चायले गरेका थिए । एक महिनासम्म संचालन हुने अभियानमा होटल तथा लजहरुमा हुनसक्ने सम्वावित घटना,लागू औषध सम्वन्धी सुझाव तथा अनुरोध,ट्राफिक चेतना सम्वन्धी गतिविधि, सरकारी, गौरसरकारी, वैंक वित्तीय संघ संस्था तथा व्यापारिक केन्द्रमा हुन सक्ने सम्वाबित घटना र घरमुली तथा डेरावालवीचमा आउन सक्ने समस्यालाई निराकरण गर्दै राय सुझाव प्रदान गरिने बताइएको छ ।
होटल तथा लजहरुमा हुनसक्ने सम्वावित घटना रोक्न होटल तथा लज राति ९ वजेपछि वन्द गर्न अनुरोध गरिने,मादक पदार्थ सेवन गरी राती अवेरसम्म होटलमा नवस्न नवसाउन आग्रह गरिने, रक्सी जन्य पदार्थ विक्री वितरण गर्दा नियम पालना गरेर विक्री वितरणका लागि अनुरोध गरिने, आर्थिक कारोवार गोपनीयताका साथ गर्न आग्रह गरिने लगायत रहेका छन । त्यस्तै लागू औषध रहित समुन्नत समाज निर्माणमा गलत संगत र क्षणिक दवावमा नपर्न, अर्काको जीवनशैलीको नक्कल नगर्न लगायतका आग्रह गरिने भएको छ ।  यसरीनै सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालक अनुमति पत्र,सवारी दर्ता किताव र सडक इजाजत पत्र सदैव साथमा राखी सवारी चलाउन अनुरोध, ट्राफिक नियमको पालना गराउन आग्रह, सवारी चालक तिव्र नचलाउन अनुरोध गरिने सडकमा पशु चौपाय नछोड्न आग्रह गरिने मोटरसाइकल चालकले अनिर्वाय हेलमेट लगाउन आग्रह गरिने लगायत रहेका छन । यसरीनै वैंक वित्तीय संघ संस्था र व्यपारीक केन्द्रका लागि आफ्नो कम्पाउड भित्र शङ्कास्पद व्यक्ति शंकास्पद गतिविधि शंकास्पद वस्तु भेटिए तत्काल प्रहरीलाई खवर गर्न आग्रह, संघ संस्था वा व्यापारिक केन्द्र भित्र पस्दा उनीहरुको सम्पूर्ण  विवरण राख्न अनुरोध गर्ने लगायत छन । अस्थाई प्रहरी विट सुन्दरटोलको सम्वन्वयमा भएको कार्यक्रममा घर मुली तथा डेरा वालका लागि कपनि सचेतना अपनाउन आग्रह गरिने भएको छ । जसमा घर वाहरि जानअधि झ्याल ढोका वन्द गरी ताला लगाएर मात्र जाने वानी वसालौ,ं घरको प्रवेशद्धवार वाहिरपट्टी सदैव वक्ति वाल्ने वानी वसाल्न आग्रह गरिने, कसैलाई डेरा दिदा व वस्ता वुझेर मात्र दिने र वस्ने गरौं, लगायत रहेका छन् ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले स्थानीयको सक्रियतामा २०६८ सालमा आफ्नै भवन वनाएर सामाजिक कार्य गर्दै आएको र त्यसैलाई निरन्तरता दिदै जाने सेवा केन्द्रका अध्यक्ष सोमनाथ थपलियाले कार्यक्रममा बताए । पर्चा सहितको एक महिने सामुदायिक घर दैलो अभियानका बारेमा प्रकाश पार्दै केन्द्रका उपाध्यक्ष सञ्जीव चापागाईले सवैको सहभागीतामा यो कार्य गरिने भएकाले यसलाई सफल पार्न आग्रह समेत गरे । समाुदायिक केन्द्रले विगतका दिनदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम संचालन गरिदै लैजाने वताउदै उनले भने–‘सभ्य समाज निर्माणका लागि हामी जुटेका छौं यसलाई मूत्र्त रुप तपाइहरुले दिनु पर्छ ।’कार्यक्रममा वोल्लै प्रहरी प्रमुख आचार्यले प्रहरीर समुदायसंगको सहकार्यमा हुन गइरहेको कार्यक्रम अत्यान्त सह्रानीय रहेका ले आफ्नौ तर्फवाट जुनसुकै समयमा जस्तो सुकै अवस्थामा पनि आइपर्ने समस्या हल गर्न आफू र नेपाल प्रहरीपछि नहटने वताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सूर्यप्रकाश सुवेदी, झापा उद्योगा वाणिज्यसंघका अध्यक्ष उमेश डालमिया, विर्तामोड शाखा अध्यक्ष वलराम कार्की, नेपाल पत्रकार महासंघका झापा अध्यक्ष गणेश पोखेल, सामुदायिक प्रहरीका प्रहरी नायव निरीक्षक देवीप्रसाद संग्रैला, इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी भुवनेश्वर तिवारी, लगायतले कार्यक्रम समय सुहाउदो भएकाले आ – आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here