बजार व्यवस्थापन समिति गठनमा ढिलाइप्रति आपत्ति

0
597

बिर्तामोड।

पद, सत्ता र शक्तिको दुरुपयोग गरेर कनकाई नगरपालिका–७ का अध्यक्ष लीलाबहादुर कन्दङ्वाले दुर्गापुर बजार ब्यवस्थापन समिति गठनमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेससहितका ५ दल र बजार ब्यवस्थापन समितिकै पदाधिकारीले आपत्ति जनाएका छन् ।

दुर्गापुर व्यापार समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेस कनकाई–७का वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइञ्चार्ज तथा दुर्गापुर बजार व्यवस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघीय लिम्बुबान मञ्च नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यवस्थापन समितिका सदस्य बसन्त मेयाङ्बो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशन गर्दै वडाध्यक्षले स्वतन्त्रतापूर्वक बजार व्यवस्थापन समिति गठन गर्न नदिएको आरोप लगाएका हुन् ।

दुर्गापुर बजार व्यवस्थापन समितिको पदावधि सकिए पनि नयाँ नबनाएको र सरोकारवालाहरुले नयाँ समिति गठन गर्न माग गर्दा आलटाल गरेको आरोप वडाध्यक्षमाथि लगाएका छन् ।

बजार व्यवस्थापन समितिको अधिवेशनलाई वडाध्यक्षले विभिन्न वहानामा पछि सार्दै आएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

बजारबासीलाई सूचना नदिई वडाध्यक्षकै पहलमा एकलौटी रुपमा समिति गठन गर्न खोजिएपछि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिगेशन गएको र पोखरेलकै निर्देशनमा तत्कालका लागि समिति गठन रोकिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

वडाध्यक्षले आफू अनुकूलको समिति गठन गर्न चाहिरहेको आरोप लगाउँदैै विज्ञप्तिमा बजारवासीको सहभागितामा स्वतन्त्रतापूर्वक नयाँ समिति गठन गर्न माग गरिएको छ ।

नियम अनुसार नयाँ बजार व्यवस्थापन समिति गठनका लागि आफूहरु नगरपालिका वडा कार्यालयमा समेत डेलिगेशन जाने बजार व्यवस्थापन समितिका सचिव समेत रहेका राजु अधिकारीले बताए । ‘म आफंै समितिको सचिव हँु, विधान अनुसार नयाँ समिति बनाऔं भनिरहेको छु, वडाध्यक्ष मान्न तयार हुनुहुन्न’– सचिव अधिकारीले भने– ‘उहाँका लागि सबै वाडवासी एकै हुनुपर्ने हो तर भएन ।’

यता यसवारेमा कनकाई–७ का वडाअध्यक्ष कन्दङ्वा समक्ष जिज्ञासा राख्दा कोरोना कहरका कारण बजार व्यवस्थापन समितिको कार्यकाल थप्नुपरेको बताएका छन् । ‘हामी दशैँमा बजारको स्वर्ण महोत्सव मनाउँदैछौं– त्यो स्वर्ण महोत्सव यही समितिलाई मनाउन दिनुहोस् भनेको साथीहरु कुरै बुझ्नुहुन्न’– वडाध्यक्ष कन्दङ्बाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here