कर्मचारी नहुँदा सुरक्षित गर्भपतन सेवाबाट बञ्चित

0
519

राधा खनाल,
झापा ।

झापा कचनकवल–६ की सरिता (नाम परिवर्तन) का तीन जना सन्तान जन्मिएका छन् । तीन सन्तान जन्मिएपछि उनको पेटमा अर्को गर्भ बस्यो ।

अब तीनभन्दा बढी नजन्माउनु प¥यो भन्ने लागेर उनले नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा गएर सुरक्षित गर्भपतन गराउन खोजिन् । तर, बिगत ८ महिनायता उक्त क्षेत्रमा तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण उनी सन्तान जन्माउने निर्णयमा पुगिन् ।

सरिता मुस्लिम समुदायकी महिला हुन् । उनलाई परिवारले गर्भपतन गराउने अधिकार नदिए पनि पेटमा गर्भ बस्ने बत्तिकै उनी श्रीमान्सँग सल्लाह गरेर करिब ८ हप्तामा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी थिइन् । उक्त स्वास्थ्य केन्द्रमा तालिमप्राप्त स्वास्थ्यकर्मीको जागिर अवधि सकिएर गएपछि अर्को कर्मचारी नआएका कारण उक्त सेवा बन्द गरिएको जानकारी पाएको बताइन् ।

उनले भनिन्– ‘मेची अस्पताल थियो । तर, मेचीसम्म पुग्नलाई उनको घरदेखि करिब २० किलोमिटरको दूरी छ । साना नानी छन् । उनीहरुलाई छाडेर हिँड्न नमिलेका कारण अन्ततः उनी अर्को सन्तान पनि जन्माउने निर्णयमा पुगिन् । काखमा डेढ बर्षको छोरा छ । पेटमा हुर्कँदै गरेको अर्को गर्भ पनि ४ महिनाको भइसकेको छ । सरिता भन्छिन्– ‘अहिले पनि ढाड दुख्ने समस्या छ ।

झापाको सुदुर दक्षिण भेग कचनकवलको कचनकवल प्राथमिक स्वास्थ्य केन्द्रमा २०७६÷०७७ साल साउन र भदौदेखि उक्त क्षेत्रमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम बन्द भएको हो । उक्त सेवा बन्द भए पश्चात् पूर्वी नेपालको तराईका जिल्लामध्येको सबैभन्दा पूर्वको जिल्ला झापाका स्थानीय महिलाहरु सुरक्षित गर्भपतन सेवा लिनबाट प्रत्यक्ष रुपमा बञ्चित भएका छन् ।

त्यसो त २०७५÷०७६ सालमा कचनकवल प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ७ जनाले सुरक्षित गर्भपतन सेवा पाएका थिए । उक्त सेवा पाउने उमेर समूह २०देखि ३० बर्षसम्मको संख्या करिब ९० प्रतिशत रहेको प्राथमिक स्वास्थ्य केन्द्रकै कर्मचारी भावना सुब्बाले जानकारी दिइन् । सुब्बाका अनुसार उक्त क्षेत्रमा भारतबाट पनि सुरक्षित गर्भपतन सेवा लिन आउनेको लर्को लाग्ने गरेको छ । भावना भन्छिन्– ‘हामी नेपाल–भारत सीमामा छौँ । दुइ देशको सीमा मेची नदीले छुट्याएको छ । आफन्तकोमा आउने बहानामा नेपालमा सुरक्षित गर्भपतन सेवा गराउँदा सहज र सुरक्षित हुने भन्दै साना–साना ३÷४ जना नानीसँगै लिएर आउँछन् । त्यसरी आउनेहरुलाई पनि सेवा दिने गरेका छौँ ।’

गत बुधबार पनि भारतको ठाकुरगञ्जबाट तीन जना नानी लिएर पेटमा रहेको गर्भपतन गराउन प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेकी थिइन् । उक्त स्वास्थ्य केन्द्रमा गर्भपतन गराउने सेवा नभएपछि उनले श्रीमानसहित मेरी स्टोप्स् सेन्टर बिर्तामोडमा गएर गर्भपतन गराइन् । भावनाले भनिन्– ‘सबैको आर्थिक पहुँच बिर्तामोडसम्म पुग्ने पनि नहुन सक्छ । त्यसैले माथिल्लो निकाय जिल्ला स्वास्थ्य कार्यालयले सुरक्षित गर्भपतनसँग सम्बन्धत् तालिम लिएका कर्मचारी छिटोभन्दा छिटो पठाउँदा सहज हुने थियो ।’

त्यसो त परिवार नियोजन संघ झापाको पहलमा सुरक्षित गर्भपतन र परिवार नियोजन सेवा बारे पनि करिब ३÷४ महिनाको अन्तरालमा स्थानीयहरुलाई अवगत गराउँदै आएको छ । जिल्लाका दक्षिण तराई भेगमा सुरक्षित गर्भपतन सेवा गराउने तालिम प्राप्त कर्मचारीको अभावमा सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवा लागू भएको छैन । भएका स्थानमा पनि १ जना मात्र कर्मचारी हुने र त्यही एक जना कर्मचारी पनि बिदामा बसिदिए पछि सबै काम ठप्पै हुने हुुनाले नजिकैको सेवा लिनबाट स्थानीयहरु बञ्चित हुने गरेका छन् ।

कचनकवलकै वडा नम्बर ५की बाबो ‘नाम परिवर्तन’ गणेश शारीरिक रुपमा कमजोर छिन् । उनका ३ वटा सन्तान जन्मिसकेका छन् । फेरि गर्भ बसेको छ । मैले त २ वटा छोरीमै चित्त बुझाएको थिएँ, बुवा आमा मान्नु भएन । अर्को गर्भ पेटमा बस्ने बित्तिकै सुरक्षित गर्भपतन गराउने सोच आएको थियो तर बाबो डराइन् । बाबोका श्रीमान्ले भने– ‘हामीले बच्चा जन्माई बिचमै गर्भपतन गराएको कुरा घर र समाजमा थाह भयो भने’ भन्न थालिन् उनका श्रीमान्ले भने– अरु बच्चा जन्माउने क्रममा बाबो अभैm कमजोर भइन् ।’ आफ्ताफ भन्छन्– ‘हाम्रो समाजमा छोरा मान्छेलाई अप्रेशन गर्न दिइँदैन ।’ उनले भने– ‘काम गर्नुपर्छ, कमजोर भइन्छ भनिन्छ ।’

कचनकवलकै प्राथमिक स्वास्थ्य केन्द्रमा श्रीमान्/ श्रीमतीको सल्लाह बमोजिम उनीहरु २ महिनाअघि सुरक्षित गर्भपतन गराउन गएका थिए । तर, त्यहाँ उक्त सेवा बन्द भएपछि नजिकैको मेची अस्पतालसम्म पनि श्रीमती जान नमान्दा अब फेरि उनीहरु अर्को बच्चा जन्माउँदैछन् । बाबोले भनिन्– ‘नजिक हुँदा सजिलो हुन्थ्यो । बजार गएर आएको टाउको दुख्यो भनेर १ दिन सुत्दा पनि हुन्थ्यो । टाढा जाने बित्तिकै सबैलाई थाह हुन्छ । अनि नराम्रो सोच्छ ।’

कचनकवल गाउँपालिका–६की स्वास्थ्य स्वयम्सेविका मीरा घिमिरे नेपाल भन्छिन्– ‘पहिला जस्तो अहिले त छैन । धेरै सम्झाइ सकियो सुरक्षित गर्भपतनका बारेमा तर पनि कतिपय मुस्लिम परिवारमा पुरानै मान्यता छ । जति बच्चा दिए पनि भगवानलेनै दिएको हो भन्ने चलन छ । त्यसो गर्दागर्दै महिलाको स्वास्थ्य खत्तम भएको परिवारलाई पत्तै हुँदैन ।’

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाँई भन्छन्– ‘जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी तालिम लिएका तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको अभाव नै छ । जसका कारण टाढाको अस्पतालमा धाउनुपर्ने बाध्यता छ । कर्मचारी अभाव भएका ठाउँमा तालिम प्राप्त अनुभवी कर्मचारी ल्याउने प्रयास गरिरहेका छौँ ।’ चम्लागाँईका अनुसार जिल्लामा गत आ.व. ०७५/०७६मा २० बर्षमाथिका १९ सय ५० जनाले मेडिकलका माध्यमबाट सुरक्षित गर्भपतन सेवा पाएका थिए भने १३ सय ४७ जनाले सर्जिकल सेवामार्पmत सुरक्षित गर्भपतन गराएका थिए ।

यसैगरी जिल्लामा आव ०७६/०७७को तथ्यांक अनुसार मेडिकलका माध्यमबाट ८ सय ८९ जना र सर्जिकलका माध्यमबाट ११ सय २५ जनाले सुरक्षित गर्भपतनको सेवा प्राप्त गरेका थिए । यो तथ्यांक जिल्लाका सरकारी अस्पताल, मेरी स्टोप्स सेन्टर र प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित सुरक्षित गर्भपतन सेवा पाउनेहरुको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here