लक्ष्य विहीन गोरेटो कथा

0
965

विष्णु रागीर
index
आश्चर्य लाग्यो ! आजसम्म पुरुष रोएको कहिले देखेको थिइन । लाग्थ्यो, पुरुष कहिल्यैपनि रँदैनन् होला, तर रुँदा रहेछन् । नियतिको अशभ्य बज्रपातले हृदय विदीर्ण भएपछि जो कोही रुँदा रहेछन् पुरुषहोस् वा स्त्री पशुसम्म ।
हामी झापा झरेपछिको कुरो हो । चिनेको कोही थिएन, तर दुईचार दिनमा मुना र थापा विक्रमसंग मेरो मित्रता भयो । विक्रम भङ्जा थियो । मुना सरल थिइन, त्यसैले म मुनालाई नै अधिक रुचाउथें । हामी एकै क्षण पनि छुटिन्दैन थियौं । यही क्रममा एकदिन आमाले राइनी बजुलाई कनिका बेच्दा, मैले बाबालाई भनिदिन्छु भनेर दुई रुपैया फुत्काए । अनि त्यही दुई रपैयाँको सिककाले मलाई दोकान देखाइन । अतः मुख मिठ्याउदै हामी सुखानी खोलाको डिलमा पुग्यौं । त्यहाँ एक दम्पत्ति ढुंगामा टुसुक्क बसेर केही कुरा गर्दै थिए ।
नहुनु भयो अब रोएर के गर्नु ? भयो नरुनुहोस् । आफ्नो श्रीमानलाई भन्दै थिइन । मैले त्यतिवेला केही बुझिन । कोपिलामा मुख्य संयोजकको कलमले पस्केको दुःखद् चित्रणले मेरो जिज्ञासा केही शान्त भयो ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रहितलाई स्थानमा राखी अधिराज्यका विकाशात्मक कार्यहरु शुरु गरियो । देश विस्तारै विकासको गोरेटोमा अग्रसर हुँदै गयो । देशवासी सजग र आत्मनिर्भर हुँदै गए । विभिन्न क्षेत्रका भिन्न भाषाभाषी समूहहरु सतसीन समूहका नजरमा नगण्य ठहरिदै गए । योग्यताले मात्र बाँच्न पाउने कुटिल नीति एकतन्त्री प्रशासक वर्गबाट अब लम्बन गर्न थालियो राष्ट्रिय एकताको नाउँमा जसको लठ्ठी उसैको भैसी भने झैं वहु संख्यक जनताको भाषा, सांस्कृतिक अस्मितामा ‘एक जनता एक देश’ र राष्ट्रिय एकीकरण जस्ता अति बलिष्ट शकुनी नीति अवलोकोन गरी इच्छासिद्धिको कदम थालियो । मानव भौतिक अधिकार चेप्टिदै गयो ।
दृष्टिगन आकारमा मानव सग्लो भएतापनि यथार्थमा परकायधारी दक्ष्य नै बन्यो ।
यही इतिहास हो, उनीहरुको । मलाई थाहा थिएन । मुना ! किन रोएको होला हैं ? प्रश्न मेरो थियो । मुनाको मेरो प्रश्नको वास्तै गरिन । उनको कोमल हृदयले त्यो सहन सकिरहेको थिएन । उनी पनि आश्चर्यमा परिन त्यसैले हृदयको कोमलतालाई दयाद्रले निचोर्यो । अकंल किन रुनु भएको ? यी आँसुको मुहान भेटिदैन नानी । तिमीले हामीले केही बुझेनौं । म पनि प्रश्न नगरी रहन सकिन । भोक लागेर हो ? हैन बाबु । फेरि किन रुनु भएको त ? उनीहरुले आफूलाई सम्हाल्न सकेनन् । अनि हामी जस्ता अवोध बालकसंग आफ्नु दुःख विसाउन थाले ।
बाबु ! भुकानमा हाम्रो घर, जग्गा, बाख्रा, वस्तु आदि तिमीहरुको जस्तै सुन्दर एउटा गाउँ थियो । जीवनभरी खाईनखाई आजको पुर्खां देखिको सम्पत्ति थियो । तर आज त्यहाँको शासक बगेले शरणार्थी बनायो । हामी जस्ता थुप्रै नेपालीको ज्यान लियो । जस्ले अधिकार खोज्यो, निर्दयता पूर्वक उसको जीवन नै सखाप पा¥यो । हाम्रो बाला पनी यही दुष्कर्मको सिकार हुनु भयो । तब जीवनलाई पनि ‘एक जनता एक देश’ भन्ने नारा लगाएर लखेट्न थाले । सास रहुञ्जेल आस हुँदो रहेछ । बाँचनकालागि हामी घरवार विहिन भयौं । यसरी उनीहरुले आफूहरु विस्तापित हुँदाको कथा सुनाए । हाम्रो पनि आँखा टिलपिल भयो । मुनाको सरल प्रश्न थिए । के अब तपाईहरुको घर छैन ? छैन नानी । तपाईहरु भुडानको जनता हैन र ? हामी भुटानकै नागरिक हो बाबु । फेरि किन लखेटेको त ? यस्ता अबोध केटाकेटीलाई के उत्तर दिनु ? अब त ती महिलापनि रुन थालिन । स्त्रीको हृदय त्यसैत कोमल हुन्छ, त्यसमा पनि यस्तो परिवेशमा, जसरी भरिएको टाडा सानो ठक्करमा नै छछल्किएर पोखिन्छ, त्यसरी नै दुःखी दिलपनि सानो चोटमा नै भरिएर आउँदो रहेछ । हामी ठूला भएर उसलाई मार्छौ अनि नपाईहरुको घरजग्गा दिन लाउछौं । मेरो शाहसी तोतेवोली थियो त्यो । आज मलाई जगदिस घिमिरे ज्यूको चर्चित कृर्ति अन्तर मनको यात्रा अन्तरगन जरा शिर्षक भित्र उद्वुद भएका ती पंत्तीहरु याद आइरहेका छन् । भूमि सबैको आधार हो । सबै प्राणी भूमिसंग गासिएका हुन्छन् । यो भाडोमा कति पुस्ताले वसोवास गरेपछि भूमि पुत्र हुन्छन् हैं ? छ केही नापो ?’
विश्व आज उच्च शिक्षाको दिशामा अग्रसर भइरहे छ । के को काम ? खान दिएकै छ, खादै सुने भइहाल्यो नि । मुटु नै फुट्ने गरी भन्थे । आज यिनै मान्छे, अमेरिकातिर हामीलाई पनि तान्नु है, बोल्न संकोच गर्दैनन् । यसरी विस्तारैविस्तारै बस्तीकाहरुसंग आवत जावत हुन थाल्यो । बस्तीहरुले पनि काम दिन थाले तनखा हैन । दिनभरी काम गरेको एक छाक खान मिल्थ्यो । यसरी ठेलाले पुरिएका हत्केला कठोर श्रमका साक्षी थिए । अनि भोक र प्यासको छटपटीमा तड्पिएका काला रातहरु अन्यायका प्रमाण थिए । तथापि उनीहरुको पक्षमा कोही वकिल थिएनन्, आसपासमा कुनै न्यायलय थिएन । पसिनाको धारो, श्रमको फल त्यो एक छाक अन्न कहिले कही त त्यो एकछाक अन्न पनि मिल्दैन थियो ।
दिनभरी काम लगाएर साँज त बगडा साले हराम भुडानमा चाँहि भिजेको मुसो जस्तो भएर भागिस् यहाँ आएर तनखा माग्छस्, तेरो दादागिरी यहाँ चल्दैन । हातमा लठ्ठी लिएर लखेटेको पनि देखिन्थ्यो । तर उनीहरु सधै नेपाल र नेपालीवासीहरुलाई धन्यवाद दिने गर्थे । भारतले जसतै नेपालले पनि त लखेट्न सक्थ्यो । हामीलाई वासदियो यो नै हाम्रोलागि जीवन दान हो । भुटान फर्किने आशामा बाटो हेर्दा हेर्दै कति वृद्धाहरुको प्राण छुट्यो । अन्न भएपनि डन्ठेले समातेर थुन्थे । भोकले मान्छेलाई साँची निच बनाउँदो रहेछ । जिन्दगीमै नगरेको काम गर्न पुग्दो रहेछ, आँखा चिम्म गरेर । यसरी परिस्थितिले नै निमोठेर चुस्न थाल्यो । भुटान फर्किने सपना रातै रातै….झर्यो । तब खुलेआम उनीहरुको मोल तोक्न थालियो । विदेशीले आँखा गाडे, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, नर्वे, नेदरल्याण्ड, वेलायत लोभ देखाउन थाले । उनीहरु पनि निराश भएर समयले जता डो¥याउँछ उतै जानलाई तम्तयार भए, शुन्य भविश्यको अर्थहिन जीवनको आशामा । नेपालीले नेपालीलाई त यस्तो व्यवहार गर्थे, विदेशीले उनीहरुलाई कस्तो सम्मान देलान् ? अमेरिका, वेलायत जस्ता देशहरुमा ती दिदीकहिलेसम्म आँफूलाई सुरक्षित राख्न सक्लान् ? यहाँ त कमसेकम दुःख विसाउनसम्म त पाउँथें । भाषा, भेष, संस्कृति, रीति, परम्परा सबै मिल्थ्यो । तर यहा कस्ले सुन्छ उनीहरुको क्रन्दन ?
सोच्दा–सोच्दै कत्तिको हंश उड्यो, कति त्राही त्राही हुँदै उडे । तिमी विक्यौं बन्धु ! अब बिक्ने पालो हाम्रो पनि आउदैछ । ढिलो–छिटो जस्तो जे भए पनि जहाँको भएपनि नेपाली विके अब नेपाल बिक्छ ।
तिमीले देखेका छौं, यहाँका गाउँ वस्तीका कुना–कुनामा विदेशी हैकम चलेको । पछाडि जति विरोध गरेपनि अगाडि उसैको आरती उतार्ने यहाँका शासक हो । ए अब चाँहि नवेच हैं नेपालीलाई । हे आत्मीय बनधु ! मलाई खेद छः मैले तिमीलाई मेरो सानो झुपडीमा अटाउन सकिन । विदाको हात उठाउनु पर्यो । क्षमाको योग्य त छैन तथापि तिम्रो अगाडि दुबै हात जोडेर खडा छ । सक्छौं भने मलाई माफ गरिदेउ । विश्वको जुनसुकै कुनामा भएपनि स्वतन्त्रता पुर्वक हाँसेर जीउन मिलोस् । पेटभरी खान मिलोस् । भुटानको नेपाली वंश कदापि नमासियोस् । सदा सदाको लागि मेरो लाखौं लाख शुभकामना छ । अन्तिम भेटको फेरिपनि ….. ।

खुदुनावारी –  ७ झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here