‘अभिनेत्री राम्री मात्र भएर पुग्दैन, अभिनय पनि गर्न जान्नुपर्छ’

0
804

अभिनेत्री राशी खन्नाले दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरू अब बाह्य सुन्दरतामा मात्र सिमित रहेन नहुने प्रतिक्रिया दिएकी छिन्। दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरूले अभिनय गर्न समेत जान्नुपर्ने उनको तर्क छ।

बलिउड फिल्म ‘मद्रास क्याफे’बाट डेब्यु गरेकी हुन् राशीले। तर, अहिले उनी दक्षिण भारतीय फिल्ममा नै बढी सक्रिय छिन्। तमिल र तेलगु फिल्ममा काम गर्छिन्। बलिउडमाजस्तै दक्षिणका फिल्म उद्योगमा पनि पुरुष केन्द्रित फिल्म धरै बन्ने उनको बुझाइ छ। तर पछिल्लो समय अभिनेत्रीले पनि फरक तरिकाले आफ्नो उपस्थिती जनाउन थालेको उनले सुनाइन्।

अनुष्का सेठ्ठी, सामान्था अक्केनेनी जस्ता अभिनेत्रीका कारण हिरोइनको भूमिका पनि बलियो हुन थालेकी उनको तर्क छ। ‘यदि तेलगु फिल्म उद्योगमा लामो समय टिक्न मन छ भने अनुष्का र सामान्था जस्तै राम्रो काम गर्नुपर्छ।

यी दुबैका कारण दक्षिण भारतको फिल्म उद्योगमा हिरोइनलाई हेर्ने नजरमा नै परिवर्तन आएको छ,’ उनले मिडियासँगको कुराकानीमा भनिन्, ‘पहिले चिटिक्क देखिँदा वा गीतहरूमा मज्जाले नाच्दा मात्र हुन्थ्यो। तर अहिले अभिनय पनि गर्नुपर्छ।’-पहिलोपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here