सम्बन्ध विच्छेद गर्दै आमिर र किरण, जारी गरे संयुक्त वक्तव्य

२० असार २०७८, आईतवार मा प्रकाशित

एजेन्सी ।

बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावलेसँग अलग हुने निर्णय गरेका छन् । आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।

२८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरूले बताएका छन् ।

आफूहरूले सहमतिमै एकार्काबाट अलग भएर बस्ने निर्णय गरेको उनीहरूको वक्तव्यमा उल्लेख छ । जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको पनि उनीहरूले जानकारी दिएका छन् ।

अलग भए पनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा आमिर र किरणको छ । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् । उनीहरूले यो निर्णय लिन परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here