सुकुम्बासी आयोगमा निरौला

0
319

काठमाडौँ।

सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत थिए ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो ।

तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here