गोल्डस्टार : सबैमाझ लोकप्रिय

१९ आश्विन २०७८, मंगलवार मा प्रकाशित

 

इलाममा जन्मिएका रबिन कार्की सानै उमेरदेखि व्यवसाय क्षेत्रमा अब्बलरुपमा अगाडि बढेका छन् । बाल्यकाल हुँदै किशोर अवस्था पार गरेर युवा अवस्थामा समेत व्यापार व्यवसायलाई नै आफ्नो मुख्य थलोको रुपमा अगाडि बढाएका कार्कीले बिर्तामोडमा लामो समयदेखि व्यवसाय गर्दै आएका छन् । उनै व्यवसायी एवम् गोल्डस्टार जुत्ताको आधिकारिक बिक्रेता आरके इन्टरप्राइजेजका प्रबन्धक कार्कीसँग पूर्वाञ्चलकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

कहिलेबाट व्यवसाय शुरु गर्नुभयो ?

– व्यवसायबाटै जन्मिएको व्यक्ति हूँ म । म जन्मिँदा इलाममा हाम्रो किराना पसल थियो । सानै उमेरदेखि मैले व्यापार व्यवसाय गर्नुपर्छ भन्ने ज्ञान पाएँ । २०४७ सालमा म झापा झरेर व्यवसाय शुरु गरेँ । मैले होटल, रेस्टुरेण्ट लगायतका व्यवसाय लामो समय गरेँ । पछिल्लो समय म गोल्डस्टार जुत्ताको आधिकारिक बिक्रेताको रुपमा काम गरिरहेको छु ।

गोल्डस्टारको बिक्रेता कहिलेदेखि ?

– व्यापार व्यवसायको लामो अनुभवले मलाई गोल्डस्टारको व्यवसायतर्फ आकर्षित ग¥यो । मैले केही वर्षदेखि यो व्यवसायलाई सञ्चालन गरिरहेको छु । मुक्तिचोक पूर्व काँकरभिट्टा रोडमा यो व्यवसाय सञ्चालन गरिरहेको छु ।

किन रोज्नुभयो गोल्डस्टारकै व्यवसाय ?

– नेपालमा नै उत्पादन हुने यो जुत्ता सबैको रोजाई भएको बुझेपछि मैले पनि यो व्यवसायलाई अगाडि बढाउने निधो गरे र उद्योगसँग सिँधै सम्पर्क गरेर बिर्तामोडमा आधिकारिक बिक्रेताको रुपमा काम गर्न थालेँ । नेपालमा नै उत्पादन हुने गोल्डस्टारका जुत्ता तथा चप्पलको माग उच्च रहेको छ । नेपालमा तीन वटा कारखाना रहेको र यसको इतिहास ५० वर्ष पुरानो रहेको छ । हात्तीछाप चप्पलबाट गोल्डस्टारले आफ्नो लोकप्रियता कमाएको थियो । नेपालको उत्पादनलाई नै प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई माया गर्ने उपभोक्ता बढेसँगै पूर्वमा समेत यो कम्पनीको जुत्ता तथा चप्पल बिक्रीका लागि मैले गोल्डस्टारलाई रोजेँ । मजबुत, सजिलो, नेपाली माटो र बाटोमा सुहाउँदो उत्पादन भएकाले यो ब्राण्डका उत्पादनहरु उपभोक्ता माझ लोकप्रिय बन्दै गएको छ । ८० प्रतिशत नेपालीको रोजाईमा गोल्डस्टारका उत्पादन पर्ने गरेको मेरो बुझाई छ ।

कुनै क्षेत्रका ग्राहक बढी आकर्षित छन् ?

– तपाईंले राम्रो प्रश्न गर्नुभयो । नेपालको उत्पादन भएकाले स्वदेशी उत्पादनलाई माया गर्ने ग्राहक नै बढी रहेका छन् । गोल्डस्टारका उत्पादन नेपालमा मात्र नभएर अन्य देशमा पनि लोकप्रिय बनेको छ । भारतीय नागरिक समेत गोल्डस्टारका उत्पादनका जुत्ता तथा चप्पल किन्न बिर्तामोडसम्म आउने गरेका छन् । घुम्न आउने तथा आँखा जाँचका लागि आउने अधिकांश भारतीयले आफ्नो स्वास्थ्यको जाँच सँगै गोल्डस्टारका जुत्ता तथा चप्पल किनेर लाने गरेका छन् । अध्ययनको सिलसिलामा अष्टे«लिया, अमेरिका रहेका नेपालीले समेत नेपालको उत्पादन गोल्डस्टारलाई रोज्ने र यहाँबाट अभिभावकले गोल्डस्टार ब्राण्डका जुत्ता तथा चप्पल किनेर पठाइदिने गरेका छन् । गोल्डस्टारको अष्टे«लियामा समेत शोरुम रहेको छ भने अन्य मुलुकमा समेत यसको व्यापार व्यवसाय हुने गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश जानेहरुले समेत गोल्डस्टारका उत्पादन किनेर लैजाने गरेका छन् ।

कुन उमेर समूहका उत्पादन चल्ने गरेको छ ?

– बालकदेखि वृद्धसम्मका विभिन्न साइजका जुत्ता तथा चप्पल उत्पादन हुने भएकाले गोल्डस्टारका सबै उमेर समूहका उपभोक्ताले रोज्ने गरेकाले यो सबै उमेर समूहमा चल्ने गरेको छ । युवा अवस्थाका उपभोक्ताले बढी नै रुचाएका कारण यसको बिक्री पनि बढी हुने गरेको छ । मर्निङ वाक, खेलकुद, ट्रयाकिङ रुडमा जाँदा समेत माटो सुहाउँदो र सजिलो भएकाले यो सबैको रोजाइ बन्ने गरेको छ । यो जुत्ता तथा चप्पलले सबै वर्ग र समूहलाई समेत समेटेका कारण गोल्डस्टार सबैमाझ लोकप्रिय छ ।

ग्राहकले शोरुम नै किन रोज्ने ?

– कम्पनीले सिँधै उपलब्ध गराउने भएकाले उपभोक्ताले एउटै छातामुनी सबै प्रकारका जुत्ता तथा चप्पल पाउने भएकाले शोरुम नै उचित हुन्छ । बजारमा नक्कली ब्राण्डका उत्पादन समेत बिक्री हुने गरेकाले आधिकारिक बिक्री केन्द्रबाटै किनमेल गरेमा ठगिने सम्भावना हुँदैन । साथै उत्पादन लगत्तै शोरुमहरुमा यो ब्राण्डका उत्पादन पुग्ने भएकाले लामो समयसम्म टिक्ने गरेको छ । त्यसैले म आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु । तपाईंहरु गोल्डस्टार ब्राण्डका कुनै पनि जुत्ता तथा चप्पल किन्न चाहनुहुन्छ भने मुक्तिचोक पूर्व काँकरभिट्टा रोडमा रहेको गोल्डस्टार शोरुममा सम्पर्क गर्नुहोला ।

अन्त्यमा के भन्नुहुन्छ ?

– अन्त्यमा नजिकिँदै गरेको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै तपाईंले स्वदेशी उत्पादनलाई माया गरेर गोल्डस्टार ब्राण्डका जुत्ता तथा चप्पल खरिद गर्नुहोला । एकपटक खरिद गरेपछि पछुताउनु पर्दैन । अनलाइन अर्डर गर्दा साइज नमिल्ने ठगीमा पर्न सक्ने सम्भावना भएकाले तपाईं गोल्डस्टार ब्राण्डका कुनै पनि सामान खरिद गर्ने सोचमा हुनुुहन्छ भने शोरुममा नै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here