मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सेवा

0
310

झापा ।

मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् ।

प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट [मेसु] डा टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।

मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउको चोट लागेका वा अन्य टाउको समस्या भएका बिरामीलाई अन्यत्र रेर्फर गर्नु पर्ने बाध्यताको अन्त्य भएको मेसु बाह्रकोटीले बताए । त्यस्तै दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सुचारु भएपछि कोभिड वा नन-कोभिड भएका बिरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाई छ ।

अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष सोमनाथ पोर्तेल अध्यक्षता तथा सामाजिक विकास मन्त्री साम्सोहाङ्गको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू वसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका उपमेयर चन्द्रामाया श्रेष्ठले लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here