तलव भत्ता वापतको रकम दुर्गा मन्दिर लाई

0
555

झापा,  कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाले आफ्नो तलव भत्ता वापतको रकम विभिन्न सामाजिक संघ संस्थालाई वितरण गर्नुभएको छ ।
चिमरियाले यसअघि कनकाई सामुदायिक वन समुहको दुई कार्यकाल सम्म अध्यक्ष पदमा रहदा पाएको तलव र भत्ता वापतको रकमलाई बैंकमा राखेर जम्मा भएको रकमलाई विशेष कार्यक्रमका बीच कनकाईका विभिन्न संघ संस्थालाई प्रदान गर्नुभएको हो ।
दुर्गा मन्दिरमा आयोजित कार्यक्रमका विच चिमरियाले दुर्गा मन्दिरको निर्माण हुन लागेको नयाँ मन्दिर सहितको सामाजिक भवनका लागि ४ लाख रुपैँया प्रदान गर्नुभयो । यसैगरि सुरुङ्गामा निर्माण भइरहेको लायन्स भवनका लागि समेत थप दुई लाख रुपैँयाको चेक वडाअध्यक्ष चिमरियाले प्रदान गर्नुभयो । यहाँको जनचेतना आधारभुत विद्यालयलाई समेत शैक्षिक सामाग्री खरिदका लागि थप ५० हजार रुपैँया प्रदान गर्नुभयो । भने अर्को कनकाई ३ कै नमुना टोलमा अवस्थित शिवालय मन्दिरका लागि समेत ५० हजार रुपैँया प्रदान गर्नुभयो । चिमरियाले आफु वडाअध्यक्षमा निर्वाचित हुनुपूर्व समेत आफ्नो कमाईको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरि चर्चामा आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here