नाला निर्माण योजनाको सार्वजनिक सुनुवाई सम्पन्न

0
652

अर्जुनधारा, चालु आर्थिक वर्ष ०७८÷०७९मा झापाको अर्जुनधारा–७मा निर्माण सम्पन्न भएको ‘अमित खम्बूको घर जाने बाटो नाला निर्माण’ योजनाको सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ ।
नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष अमितकुमार साङपाङको अध्यक्षता र अर्जुनधारा–७ वडा समितिका अध्यक्ष नवराम ढुंगाना ‘नविन’को प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा सचिव अशोक राईले निर्माण सम्पन्न भएको योजनाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।
जम्मा लागत चार लाख ६३ हजार आठ सय ४० रुपैयाँ ४५ पैसाको लागतमा स्टीमेट अनुसार एक सय १५ मिटर नाला निर्माण गरिएको समितिका सचिव राईले जानकारी दिए । नगरको वार्षिक कार्यक्रमबाट स्वीकृत उक्त योजनाको लागि नगरपालिकाले चार लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
गत असोज १७ गते सम्झौता भएको उक्त योजनाको बाँकी रकम श्रमदानबाट जुटाइएको कोषाध्यक्ष उत्तमकला नेम्वाङले जानकारी दिइन् । सोही कार्यक्रमको अवसरमा वडा पूर्वाधार समितिका संयोजक देवकुमार राई, वडा सदस्यद्वय ऐतराज नेम्वाङ र गोमादेवी पर्वते, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले निर्माण सम्पन्न भएको उक्त योजनाको अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here