मिडिया स्वतन्त्र र समावेशी हुनुपर्नेमा विज्ञहरुको जोड

0
243

काठमाडौं, मिडिया एक्सन नेपालको छै्रटौं वार्षिकोत्सव समारोह एक कार्यक्रमबीच काठमाडौंमा सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा स्वतन्त्र र समावेशी मिडियाका आधार विषयक संवाद कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष्ँ कमला पराजुलीले सञ्चार क्ष्ँेत्र सामाजिक लैगिंक समावेशी रुपान्तरणको बाहक भएकाले यसले निश्पक्ष्ँ र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेशण गर्नुपर्ने बताईन् । मिडियाले आफ्नो मुख्य आधार भूमि राजनीतिलाई मान्दा पछिल्लो समय मिडियो प्रतिको विश्वसनियता घट्दै गएको उनले बताईन् । ‘ठूला सञ्चार गृहमा पत्रकार महिला निर्णायक तहमा पुग्न सकेका छैनन्,’ उनले भनिन्, ‘महिलाहरु थुप्रै चुनौतीका बीच आफ्ना जिम्मेवारी बहनमा पछि नहट्ने भएकाले उनीहरुको कामको सम्मान र मूल्याङ्कन जरुरी छ ।’
त्यस्तै, कार्यक्रमका अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना माग गर्ने सवालमा ५० प्रतिशत पत्रकारले मात्र हक प्रयोग गर्ने गरेको देखिएकाले यसमा थप पहु“चको आवश्यकता रहेको औंल्याए । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र समावेशीताको विषयमा सञ्चार गृह चुकेको उनले बताए ।
नेपालका लागि इजरायलका राजदुत हनन गोदरले इजरायल र मिडिया एक्सन नेपाल बीचको सम्बन्ध थप मजबुद बनाउन यसले गरिरहेका क्रियाकलापले टेवा पुग्ने बताए । उनले नेपाली मिडियाको कामप्रति मिडिया एक्सन नेपालले खेलिरहेको वाचडगको भुमिका प्रशंसनिय रहेको भन्दै यसलाई निरन्तरता दिन पनि आग्रह गरे ।
कार्यक्रममा अर्का अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले संविधानमा प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि कानुनी रुपमा स्वतन्त्रता दिलाउन राज्य उदार नदेखिएको जनाए । साथै उनले स्वतन्त्र पत्रकारिताका लागि डिजिटल र भौतिक खतराका कारण प्रेस कस्तो डोरीमा बांधिएर चलेको छ भन्ने विषय हेर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया एक्सन नेपालले आफ्नो पहिचान बनाउन सफल भएको र यसले प्रेस स्वतन्त्रता र समावेशी समाचार कक्ष निर्माणको सन्दर्भमा गरिरहेको कामप्रति महासंघ आभारी रहेको बताए । प्रेस स्वतन्त्रता र समावेशीको मुद्दा मुख्य रहेकाले यसलाई सम्बोधन गर्न महासंघ र मिडिया एक्सन नेपाल जस्तो संस्थाको भुमिका अपरिहार्य हुने उनको भनाई थियो ।
मिडिया एक्सन नेपालका सल्लाहकार माधव शर्माले पत्रकार समाजको ऐना नै भएकाले स्वतन्त्र लेखनमा ध्यान दिनुपर्ने बताए । अर्का सल्लाहकार अग्रज पत्रकार धु्रवहरि अधिकारीले पत्रकारहरु समाचार लेख्ने विषयमा अन्य कुराले आकर्षित गर्न नहुने बताए । पत्रकारिता र राजीति छुट्टिनुपर्ने भन्दै उनले स्वतन्त्र पत्रकारिताले मात्र सामाजिक रुपान्तरण गर्न सक्ने जनाए ।
सेन्टर फर ईन्भेस्टिगेटिभ रिपोर्टिङ श्रीलंकाकी कार्यकारी निर्देशक दीलरुक्सी हन्दुन्नेतीले मिडिया एक्सन नेपालको छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा शुभकामना दिंदै पत्रकारितामा श्रीलंकाको तुलनामा नेपाली पत्रकारिता समावेशी रहेकोमा बताइन् । यस संस्थाले यस्ता कार्यप्रति गरिरहेको अपनत्वको उनले प्रशंसा गरिन् ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विगत ६ वर्षदेखि मिडिया एक्सन नेपालले नेपाली पत्रकारितामा प्रेस स्वतन्त्रता र समावेशीता लागु गर्न गरिरहेको प्रयासले विस्तारै फड्को मारिरहेको बताए । उनले संस्थाले स्थापना देखि अहिलेसम्म १० हजार बढी पत्रकारलाई लाभांवित हुनेगरी विभिन्न कार्यक्रम सम्पन्न गरेको र कोरोना कालमा मात्रै ७ सय बढी पत्रकारलाई तालिम र फेलोसिप जस्ता अवसर प्रदान गरी पत्रकारिताको माध्यममा टिकिरहन सघाएको उल्लेख गरे । नेपाली संचार माध्यमप्रति अन्य देशले उठाएका प्रश्नप्रति गमिभरता आवस्यक रहेको भन्दै पन्तले पत्रकारितामा राजनीति हाबी हुन दिन नहुने बताए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष प्रियंका झाको संचालन, कार्यसमिति सदस्य गणेशप्रसाद घिमिरेको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, सातै प्रदेश र उपत्यका संयोजक लगायत अन्य पत्रकार र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here