इलामका चिया कृषकलाई बगानमै काँट छाँट गर्ने तालिम

0
208

इलाम,
चिया क्षेत्रको विकासका लागि ठोस काम गर्न नसकेको आरोप खेपिरहेको चिया तथा कफी विकास वोर्डले कृषकको वगानमै पुगेर प्राविधिक ज्ञान दिन थालेको छ । गुणस्तर वृद्धिका लागि इलामका झन्डै ३ हजार कृषकलाई एकसाथ चिया काट्ने तालिम दिन थालिएको हो ।

इलामका चिया कृषकले पहिलो पटक बगानमै चिया कााटछााट गर्ने तालिमको अवसर पाएका छन् । चिया तथा कफी विकास बोर्डले नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत ११ स्थानबाट चियाको बोट सुधार तालिम दिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नेपाली चियाको गुणस्तर बृद्धि गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाले चियाको बोटबाटै सुधारका कार्यक्रम अगाडि बढाएको हो ।

काँटछाँटदेखि बगानमा मलजल गर्ने, टिप्ने, रोगकिरा नियन्त्रणलगायतका सम्पूर्ण प्रकृयाका लागि वगानस्तरमा नै तालिम सञ्चालन गर्ने बोर्डको भनाई छ । किसानलाई ८६ समूह निर्माण गरी विभिन्न चरणका प्राविधिक तालिम दिन थालिएको छ ।

परियोजनाले किसानलाई आवश्यक उपकरण, चिया टिप्ने झोला र कम्पोष्ट मलका लागि गोठ निर्माणमा साझेदारी गर्ने भएको छ । चियामा प्रविधि हस्तान्तरणले उत्पादनदेखि बजारसम्म गुणस्तर कायम गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here