नेपाली सेनाले आज सेना दिवस मनाउँदै

0
411

काठमाडौं ।

नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ ।

यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ । सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।

सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि गरिने छ ।

यस्तै, देशभरका सेनाका कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here