सहारा नेपाल साकोसको २७औं बार्षिकोत्सव: हजारौंलाई स्वरोजगार सहाराको एटीएम सेवा शुरु

0
469

झापा ।

लघुवित्त कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा विशेष योगदान पु¥याउँदै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थानीय स्तरमै स्वरोजगारी सृजनामा सहयोग पु¥याउँदै आएको पाइएको छ ।

सहारा नेपालमार्फत प्रत्यक्ष रोजगारीमा ५ सय २६ जना संलग्न रहेको र कृषि व्यवसायमार्फत ६ हजार ६२ जनामा रोजगारी सिर्जना गरिएको बताइएको छ । विदेशबाट फर्किएका तथा बेरोजगार ३ हजार ३८६ जनालाई अटो रिक्सा ऋण प्रदान गरिएको छ । साना तथा मझौला उद्योगमार्फत १ हजार २०० जनामा उद्यम सिर्जना गरिएको छ भने ९ हजार ३० जनालाई विभिन्न व्यवसायमार्फत स्वरोजगार बनाउन संस्था सफल भएको संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले बताए ।

कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग अन्तर्गत ९०० वटा स्यालो ट्युबवेल वितरण गरी ३ हजार हेक्टर जमिन सिञ्चाइ भइरहेको छ । कृषिलाई व्यावसायिक बनाउन १ हजार ४०० वटा टनेल वितरण गरिएको छ भने १६ हजार सदस्यलाई कृषि प्रविधि सहयोग गरिएको छ ।

पशुपालनमा किसानलाई सहयोगस्वरुप ४ हजार ९१८ वटा पशु बीमामार्फत सुरक्षा प्रदान गरिएको छ । ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी र ७ हजार ४१ जना किसानलाई खसीबाख्रा र कुखुरा पालनमा सहयोग गरिएको छ ।

गरिबी न्यूनीकरणमा सहयोग, सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग र स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग गरेको हो । सहकारी संस्थाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पु¥याउँदै सदस्य संरक्षणमा जोड दिएसंगै सहारा प्रति सदस्यको झुकाव बढ्दै गएको हो । हाल सहारा नेपाल सहकारी संस्थामा एक लाख ६० हजार सदस्य पुगेका छन् ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले ६ जिल्लामा सेवा विस्तार गरेको र हालसम्म ७७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको सहकारीको २७औं स्थापना दिवसका अवसरमा सहकारीका कार्यकारी निर्देशक गिरीले बताए ।

सामाजिक क्षेत्रमा उल्लेख्य योगदान रहेको सहकारीले झापामा अक्सिजन सिलिण्डर बैंक स्थापनामा सहयोग, २ हजार १ सय ५६ वटा विपन्न आवास निर्माणमा सहजीकरण, ६ वटा एम्बुलेन्स हस्तान्तरण, ५ वटा खानेपानी ट्यांकी निर्माणमा सहयोग र सर्पदंश उपचार केन्द्र स्थापनामा सहयोग गरेको साधारणसभामा बोल्दै कार्यकारी अधिकृत गिरीले बताए ।

प्रदेश नं. १ सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहकारीले जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा १० हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण गरेको जानकारी गराइएको थियो ।

१२ हजार घर परिवारलाई शौचालय निर्माणमा सहजीकरण, २५ हजार सदस्यलाई फलफूलको विरुवा वितरण, ८ हजार २०० घरपरिवारमा सोलार जडान र ३ हजार २४७ घर परिवारमा बायोग्यास जडान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

संस्थाले कोरोना राहत कार्यक्रम अन्तर्गत कोभिड भएका ४ हजार ५०० जना सदस्यलाई पोषण सामग्री वितरण गरेको बताइएको छ । कोभिड सहायतामार्फत १ हजार ७७० जना होम आइसोलेसनमा रहेका सदस्यहरुका लागि औषधि सहयोगबापत १ करोड २३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रदेश सरकार र स्थानीय सरकारमार्फत ५७ लाख ३५ हजार २५७ रुपैयाँ बराबरको राहत प्याकेज सहाराले उपलब्ध गरएको थियो भने ७ हजार ८१६ जनालाई विपद सापटी रकमबापत २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको गिरीले बताए । संस्थाले कोभिडको समयमा ब्याजमा १० प्रतिशत छुट वापत ३ करोड ४५ लाख व्याज छुट दिएको बताइएको छ ।

यता संस्थाले ज्येष्ठ सदस्य, एकल महिला पुरुषको लागि सामाजिक सुरक्षा कार्यक्रम, अनाथ, अशक्त बालबालिकाहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम गर्दै आएको छ । संस्थाले हालसम्म ४ हजार ८ सय ९२ जनालाई दशकर्म तथा काजकिरिया खर्च उपलब्ध गराएको छ ।

सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारीको रुपमा रहेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले जानकारी दिए । आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलातको लक्ष्य बनाएको सहकारीले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय र धुलाबारी सेवा केन्द्रमा एकैसाथ एटिएम सेवा शुरु गरेको छ ।
सहकारी संस्थाले हालसम्म उपचार अपरेसन, दुर्घटना र विशेष रोग लगायतमा ५१ करोड २९ लाख ८० हजार ४०९ रुपैयाँ सहयोग गरेको छ ।

सो सहयोग ३८ हजार ८४५ जना सदस्यलाई प्रदान गरिएको गिरीले बताए । संस्थाले सञ्चालन गरेको विद्यालयमा २९० जना बिद्यार्थी अध्ययनरत् छन् भने १७९ जनालाई प्राविधिक शिक्षाको लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here