‘ताप्लेजुङ र संखुवासभा नाकामा पनि चीनको अवरोध’

0
621

ताप्लेजुङ, 

चीन संगसिमा जोडिएको ताप्लेजुङको ओलाङ्ग्चुङ्ग गोला नाका चीन सरकारको अवरोधको कारण अझै बन्द भैरहेको छ ।

चीनले कोरोना भाइरसकै कारण देखाएर टिप्ताला नाकामा अहिले पनि अबरोध कायम नै गरेको छ।गत माघ १६ गते चिनको तिब्बत स्थित रिउ प्रसासनबाट ताप्लेजुङ स्थित फाक्तान्लुङ्ग गाउपालिका लाई आवतजावत बन्द गराउन जानकारी आएको थियो ।

सडक निर्माणका लागि आएका चिनका कामदारको टोलि तिब्बत फर्किए लगत्तै रिउ प्रसासन बाट आवतजावतमा रोक लगाएको थियो ।चिनिया प्रसासनको अवरोध पछि याङ्गा ,थुदाम ,ओलान्चुङ्ग गोला ,तोप्कगालाबासीले दैनिक उपभोग्य सामान खरिद गर्न चिनियाँ बजार जान पाएका छैनन् ।

फाक्ताङ्ग्लुङ्ग ,ओलाङ्ग्चुङ्ग गोला ,याङ्गा र घुम्सा क्षेत्रका ८० प्रतिशत जनताले अहिले चिनको नाकामा भएको कडाइले खाद्यान्न खरिद गर्न सकिरहेका छैनन।यसरी लामो समय सम्म सिमामा अवरोध हुदा दैनिक जनजिबिका कष्टकर बन्दै गैरहेको छ।नाका चिनले एकतर्फी रुपमा बन्द गरिदिय पछि व्यापार ठप्प भएको छ।

चीन बाट खाद्यान्न ,लत्ता कपडा र नुन लगायतका सामान आयात हुँदै आइरहेको थियो भने यता बाट चौरी ,याक,घिउ,छुर्पी लगायतका सामान निर्यात हुँदै आइरहेको थियो तर बिगत देखि नै चीनिया बजारमा निर्भर रहेका त्यहाका स्थानीय बासिन्दा चिनको एकतर्फी नाका बन्दिको प्रत्यक्ष आर्थिक मारमा परेका छन।बिगत १६ महिना देखि नाका ठप्प हुदा चीन सङ्ग व्यापार चलेको छैन ब्यापार नभए पछि स्थानीय जनताको आय आर्जनको बाटो नै बन्द भएको छ।पशु व्यावसाय देखि गलैंचा सम्मको सबै निर्यात लाई चिन सरकारले बन्द गरिदिएको छ।तीन हजार दुइ सय देखि चार हजार पाच सय मिटर भन्दा अग्ला बस्ती हरुमा खाद्यान्न ढुवानी गर्दा महँगो पर्ने भएकोले तिब्बतको रिउ प्रसासन सङ्ग नाका खोल्न बारम्बार अनुरोध गर्दा पनि कुनै चासो देखाएको छैन।

चीन सङ्ग सिमा जोडिएका उत्तरी सिमा नाका हरुमा प्राय चीन सरकार बाट अबरोध सिर्जना भैरहेको छ।चीनमा निर्यात हुने प्रमुख पशु याक हो कोरोना कारण याक निर्यात बन्द गरिदिए पछि याकको संख्यामा धेरै वृद्धि भएर गयको छ। जस्ले गर्दा याक ब्यबसाय गरेर जिबिका चलाइ रहेका किसान हरुले लाखौं घाटा ब्यहोरी हरेका छन उनीहरुले यस्मा चीन सरकारको हेपाहा प्रबृत्ति भएको गुनासो गर्छन।संघिय सरकारले संखुवासभाको किमाथांका नाका र ओलाङ्ग्चुङ्ग गोलाको तिप्तला नाका खुला गर्न परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालय लाई आफो धारण पठाइ नाका सुचारु गर्न चीन सरकार सङ्ग अनुरोध गरे पनि कुनै चासो नदिएकाले नाकामा अझै अवरोध कायम नै रहेको छ।

एक पक्षले मात्र नाका खुल्ला गरेर नहुने नाका खुलाउन चीनिया पक्षको पनि सहमति चाहिने हुदा अहिले समस्या आएको फाक्ताङ्लुङ्ग गाउपालिकाका प्रबक्ता छेतेन लामाले बताएका छन।

चीन लाई सामान चाहिए चै सिमा नाका सम्म पुर्याइदिनु पर्ने तर मानिसको आवतजावत लाई चाहिँ पुर्ण रोक लगाएको चीन सरकारको दोधारे चरित्रले त्यहाका जनता प्रत्यक्ष मारमा परेका छ्न तर नेपालीको सामान निर्यातमा भने रिउ प्रसासनले पुर्ण रोक लगाएको छ।पैसा अग्रिम भुक्तानी गर्दा चाहिँ चिनले केही बस्तु आयात गर्न दिने तर नेपालमा उत्पादित सामान चाहिँ निर्यात गर्न चीनिया अधिकारीले रोकिरहेका छन यसबाट त्यहाका स्थानीय जनताले ठूलो आर्थिक समस्याको सामना गर्नु परिरहेको छ।

तर चीनिया सरकारको तह बाट भने नेपाली बस्तुहरुको निर्यात र नाका सुचारु गर्ने विषयमा अहिले सम्म कुनै ठोस प्रतिक्रिया ब्यक्त गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here