अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशन शुरु, कामको सबैबाट प्रशंसा

0
436

बिर्तामोड।

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशन शुक्रबार भर्चुअल रुपमा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । हाल विश्वका ४० राष्ट्रमा झापाली समाजको राष्ट्रि समिति विस्तार गरिसकेको समाजले स्थापनाको छोटो अवधिमा सामाजिक तथा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महाधिवेशन उद्घाटन सत्रका अतिथिहरुले प्रशंसा गरेका थिए ।

प्रमुख अतिथि प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले महाधिवेशनको उद्घाटन गरेका थिए । उनले समारहेलाई सम्बोधन गर्दै मानवीय सेवाका लागि एम्बुलेन्स हस्तान्तरणदेखि कोभिड महामारीका बेला झापाबासीको जीवन बचाउन पु¥याएको योगदान होस या त बालबालिकाको शिक्षा र विपन्नको आवासका लागि समेत समाजले गरेको योगदानको प्रशंसा गरे ।

महाधिवेशन उद्घाटन समारोहमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजका संरक्षक दिनेशकुमार पोखरेल, भवानी ओली, झापाली समाजको अमेरिका क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष मुकुन्द ढुंगाना, ओसनीया क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष दीपक चुडाल, मध्य पूर्व क्षेत्रको प्रतिनिधित्व गर्दै कोषाध्यक्ष चुडामणि कार्की, युरोप क्षेत्रको राष्ट्रिय समितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष ललित न्यौपाने र दीपक ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष नवीन पोखरेलले गरेका थिए । समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा समाजले विगतमा गरेको कामको विवरण प्रस्तुत गरिएको थियो ।

अध्यक्ष सुब्बाले झापालाई समृद्ध जिल्ला बनाउन विश्वभर रहेका झापालीहरुलाई जुट्न आह्वान गरेका छन् । सुब्बाले सबै झापाली क्रमिकरुपमा लाग्यौ भने झापालाई विश्वका विकसित राष्ट्रको भू–भाग झैं समृद्ध बनाउन सकिने बताए । उनले भने– ‘समृद्ध झापा बनाउन एकले होइन एकताले गर्न सक्छौं ।’

हाल हङकङमा रहेका अध्यक्ष सुब्बाले मातृभूमिको माया र जिल्लाबासी हुनुको नाताले झापाको विकासका लागि र मुलुक तथा जिल्लामा आइपर्ने विपद्का बेला अन्तर्राष्ट्रिय झापाली समाजले महत्वपूर्ण सहयोग गर्दै आएको बताए ।

सुब्बाको कार्यकालमा कोरोना महामारीको समयमा झापामा एकका लागि एक अभियानसँग सहकार्य गरी पीसीआर मेसिन स्थापना, अक्सिजन बैंक स्थापना, पालिकाहरु तथा जिल्ला प्रशासनलाई आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भएको थियो । त्यस्तै विपन्नहरुको घर निर्माणमा समेत योगदान रहेको समाजले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here