निर्वाचन अधिकृत नेपाललाई बिर्तामोडमा दुव्र्यवहार, गाडीमा तोडफोड

0
843

झापा,  जिल्ला निर्वाचन कार्यालयको गाडीमा नमूना मतपत्र भेटिएपछि जिल्ला निर्वाचन कार्यालयको गाडीमाथि तोडफोड भएको छ ।
बिर्तामोड नगरपालिका–३स्थित नगरपालिकाको कार्यालय अगाडि गाडी तोडफोड भएको हो । जिल्ला निर्वाचन अधिकृत तुलसीकुमार नेपाल आफैं सवार गाडीमा नेपाललाई दुव्र्यवहार गर्दै गाडी तोडफोड भएको थियो ।
निर्वाचन अधिकृत सवार गाडीमा नमूना मतपत्रमा स्वस्तिक छाप प्रयोग नभएको अवस्थामा भेटिएको थियो । सवारीमा तोडफोडको प्रयास भएसँगै सुरक्षाकर्मीले सवारी र निर्वाचन अधिकृतको सुरक्षा दिएका थिए ।
सबै मत गणना भएको स्थानमा सञ्चारकर्मीका लागि छुट्टै मिडिया डेस्क स्थापना, मतगणना स्थलको संख्या बढाउन र मत गणना के कारणले ढिलाई भइरहेको भन्ने विषयमा बुझ्न आाएका नेपाल माथि दुव्र्यहार भएको हो ।
बिर्तामोड र मेचीनगरमा मतगणनाको अवस्थाका विषयमा बुझ्न आएको थिए नेपालले भने – गाडीमा नमूना मतपत्र रहेको त्यसैलाई इस्यू बनाएर गाडीमा तोडफोड भयो , म माथि पनि दुव्र्यवहार भएको हो ।
नेपाल चडेको वा २ झ २८०० नम्वरको गाडी पराजय चौधरीले चलाएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here