माईमा १२ घण्टा देखि मतगणना स्थगित

0
375

विमल दहाल, ईलाम,

मतगणनामा प्रवेश गर्ने सन्दर्भमा विवाद हुँदा ईलामको माई नगरपालिकामा हिजो वेलुका देखि मतगणना स्थगित भएको छ।

एमाले प्रतिनिधिलाई चेकजाँच नगराई प्रवेश गरईएको तथा गठबन्धन प्रतिनिधिलाई प्रवेशमा रोकिएको भन्दै विवाद चर्किएको गठबन्धनले आरोप लगाएको छ । आक्रोशित भिडले नगरमा ढुंगामुडा गर्दा नगरको लेखा शाखा अगाडीको सिसा फुटेको छ भने साँझ ८ बजेवाट मतगणना स्थगित भएको छ। निर्बाचन अधिकृत कार्यालय माईका प्रमुख फणिन्द्रराज भट्टराईले स्थगित मतगणना शुरु गराउन दलका प्रतिनिधिलाई वोलाईएको र केहि समय पछि मतगणना शुरु गरिने जानकारी दिनु भएको छ ।

हाल सम्म १ हजार ९ सय ९६ मत गणना हुँदा माई-१० मा एमाले प्यानल सहित विजय वनेको छ भने वडा नम्बर ८ र ९ को मतगणना भईरहेको थियो।

हाल सम्म माई नगरपालिकामा मेयर तर्फ खम्वसिंह लिम्वू- नेकपा एमाले-१०६२, धनकुमार लिम्वू -नेकपा माओवादी केन्द्र (गठबन्धन)-६२३, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी -३९ र मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र कुमार फागो लिम्बुले १ मत प्राप्त गर्नुभएको छ।

उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले-१०३६, हेमवहादुर लिम्वु नेपाली कांग्रेस-७९१ मत प्राप्त रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here