आज ओजोन बचाऊ दिवस

३१ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

पृथ्वीको वातावरणीय तहको पन्ध्रदेखि तीस किमी माथि रहेको पृथ्वी र सम्पूर्ण प्राणी वनस्पतिको रक्षा गर्ने कवचको तहलाई ओजोन तह भनिएको छ । यही तहले सूर्यबाट आउने पराबैजनी रंगका हानिकारक किरणलाई पृथ्वीमा आउनबाट रोक्छ । आज मानिसका अनियन्त्रित क्रियाकलाप, अव्यवस्थित र औद्योगिकरणका कारणले यो तह जीर्ण बन्दै गएको छ । त्यसमाथि भौतिक विकास तथा वैज्ञानिक क्रान्तिका नाममा रसायनिक वस्तुको अत्यधिक प्रयोगले ओजोन तह च्यातिन थालेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् । यदि ओजोन तहको क्षति यहीरुपले भइरहने हो भने पृथ्वी ध्वस्त हुन सक्ने भन्दै ओजोन विनाशक तत्वहरुको उत्पादन कम गर्ने चेतना विस्तार गर्ने उद्देश्यले सन् १९९५ देखि सेप्टेम्बर १६ लाई ओजोन तह बचाऊ दिवस मनाउन थालिएको छ ।

आज १६ सेप्टेम्बर । संयुक्त राष्ट्रसंघको आह्वानमा आजको दिनलाई विश्व ओजोन बचाऊ दिवसका रुपमा विशवभरी सचेतना प्रवाह गर्ने कार्यक्रमका साथ मनाइन्छ । भौतिक उपलब्धीका लागि प्रयोग गरिने रसायनबाट क्लोरोफ्लोरो कार्वन लगायत चौधवटा हानीकारक तत्वहरुको उत्सर्जन हुन्छ । त्यसले ओजोन तहमा पुगेर उसको क्षमतालाई कमजोर पार्छ । यदि कार्वनको उत्सजर्न यही क्रममा भइरहने हो भने मानव सभ्यताको विनाश हुन समय नै लाग्दैन । त्यहीकारण विश्वका सबै विद्यालयहरुमा जलवायु परिवर्तन, ओजोन तह आदिको विषयमा अध्यापन गराउन थालिएको छ । यसले पृथ्वीको सुरक्षाप्रति चासो, चिन्ता र अग्रसरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मानिसको कुनै प्रयासले पनि ओजोन तहको निर्माण गर्न सकिँदैन । त्यसैले प्रकृतिप्रदत्त उपहारका रुपमा रहेको ओजोन तहको संरक्षण र सम्बद्र्धन अति आवश्यक छ । सवारीबाट निस्कने धुँवा, ध्वनि, सुखसुविधाका लागि प्रयोग गरिने वातानुकूल उपकरण, फ्रिज, टेलिभिजन वा यस्तै यान्त्रिक उपकरणबाट उत्सर्जन हुने विषाक्त धुँवाले ओजोन तहको विनाश गर्ने भएकाले तिनको कम प्रयोग वा विकल्प खोज्नु त्यत्तिकै जरुरी भइसकेको छ । शरीरमा लगाइने अत्तर, स्प्रेबाट आउने गन्ध समेत ओजोन विनाशक रसायन हुन त्यसैले मानिसले आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुपर्छ । त्यसका लागि फोहरमैला, अव्यवस्थित शहरीकरण, विलाशी जीवनशैलीको व्यवस्थापन गर्नैपर्छ । अन्यथा आज व्यापक भइरहेको घातक तथा असाध्य रोगहरुको प्रकोप बढ्दै जानेछ । त्यसो भए भावी पुस्तालाई स्वस्थ, सुरक्षित र स्वच्छ पृथ्वी हस्तान्तरण गर्न सकिने छैन । त्यसैले विकासका पूर्वाधारहरु निर्माण गर्दा वातावरण तथा ओजोन मैत्री बनाउन हामी सबैको साझा भूमिका र अग्रसरता देखिनैपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here