चिनियाँ एपको डरलाग्दो धन्दा, नागरिक सुरक्षामा थ्रेट

३१ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौं ।

चिनियाँहरुले प्रविधिको दुरुपयोग गर्दै नेपालमा डरलाग्दो धन्दा चलाइरहेको पाइएको छ । चिनियाँ नागरिकहरु आफै नेपालमा बसेर विभिन्न एपहरुको प्रयोग गर्दै नागरिकहरुमाथि खेलबाड गरिरहेको एवं देशको पैसासमेत लगिरहेको खुलेको हो ।

केही दिनअघि नेपालमा चिनियाँ कलसेन्टरमा छापा मारेको समाचारहरु बाहिरिएका थिए । ती कलसेन्टर पछाडिको रहस्य अहिले बाहिरिएको हो ।

चिनियाँ नागरिकहरुले विभिन्न किसिमका एप बनाएर ती एपमार्फत ऋण दिने भन्दै नेपालीहरुबाट ब्याजका नाममा ठूलो पैसा असुलेर चीन पठाउने गरेको खुलासा भएको हो । नेपालीहरुलाई थोरै पैसा ऋणका रुपमा दिएर ठूलो पैसा उठाउने र यतिमात्रै नभए तोकिएको मितिमा पैसा फिर्ता नगरे चरम मानसिक यातनादेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेको गुनासो आएको छ ।

यसरी नेपाली नागरिकहरुलाई ठग्नको लागि चिनियाँ नागरिकहरुले नेपालका विभिन्न ठाउँमा कल सेन्टर एवं अफिस खोलेको पाइएको छ । त्यसै किसिमका दुई कल सेन्टरमा केहीअघि प्रहरीले छापा मारेको हो ।

चिनियाँहरुले काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज र सिरहा लगायतका स्थानहरुमा नेपाली युवायुवतीहरुलाई सहभागी गराएर यस्ता ठगी धन्दा सञ्चालन गरेको पाइएको छ । स्रोतका अनुसार पोखरामा मात्रै करिब ५०० चिनियाँ नागरिकले यस्ता करिब २५ वटा अवैध धन्दाहरु गरिरहेको जनाइएको छ ।

चिनियाँहरुले नेपालीहरुलाई ठग्न विभिन्न प्रकारका नक्कली एपहरुबाट ऋण दिने प्रचारबाजी गर्छन् । यस्ता ठगी गर्न प्रयोग गरिने एपहरुमा उधार लोन, गो ब्याज, गो लोन, रुपे प्लस, फिक्स क्यास, रुपी फ्याक्ट्री, क्यास बाई, पैसा लोन, ईजी क्रेडिट, फ्रि क्यास, हेन्डी लोन, रुपी स्टार र हाइक्यासजस्ता एप रहेका छन् ।

यी एपका आधारमा चिनियाँ ठगहरुले ६ देखि १५ दिनमा तिर्नुपर्ने भन्दै ३ हजारदेखि २२ हजार नेपाली रुपैयाँ ३० प्रतिशतदेखि ५० प्रतिशत ऋणमा उपलब्ध दिने गरेको पाइएको छ । यसरी दिनहुँ करिब ६ देखि ७ करोड अनुमाति ५० हजार जनालाई लोन उपलब्ध गराइने गरेको खुलेको छ ।

यसमा भारतीय नागरिकहरुसमेत ठगीको शिकार भएका छन् । ऋण उपलब्ध गराउनका लागि ठगहरुले व्यक्तिको व्यक्तिगत जानकारी, जसमा नागरिकता, आधार कार्ड, बैंक खाता, ड्राइभिङ लाइसेन्स, फोन नम्बर आदि राख्ने गरेको पाइएको छ ।

लोन लिएका नेपाली ग्राहकहरुले तोकिएको समयमा उच्च ब्याजसहित ऋण बुझाउन नसके चिनियाँ ठगहरुले अनेकौं किसिमका यातना दिने गरेको बताइएको छ ।

गठहरुले ग्राहकको व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा प्रकाशित गरिदिने, परिवारका सदस्यहरुलाई डराउने, धम्काउने र गाली गलौज गर्ने, फोन ट्र्याक गर्ने, फोटो, भिडियो र अडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने जस्ता धम्की एवं यातना दिने गरेको पाइएको छ ।

चिनियाँ ठगहरुको भयकै कारण नेपालका ग्राहाकहरुले साइबर अपराध शाखा र नेपाल प्रहरीमा उजुरी दिएकोसमेत पाइएको छ । यिनीहरुले नेपालीमाथि यसरी अवैध तरिकाले धन्दा गरे । कमाएको मोटो रकम अलि पे र वि च्याटमार्फत चीनमा पठाउने गरेको खुलेको छ ।

नेपालमा चिनियाँको यस्तो धन्दाले नेपालले आर्थिक क्षतिसँगै सुरक्षा जोखिमको सामना गर्नुपर्ने भएको छ । यति डरलाग्दो स्थिति हुँदासमेत सरकारले यसविरुद्ध कुनै कदम चाल्न नसकेको आरोप लागेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here