कात्तिक १८ गतेदेखि बिर्तामोडमा ‘मालिनी’

0
277

झापा, विश्वप्रसिद्ध साहित्यकार रविन्द्रनाथ टेगोरद्वारा लिखित नाटक ‘मालिनीः द प्रिन्सेस अफ गार्डेन’ को नेपाली अनुवाद झापाको बिर्तामोडमा मञ्चन गरिने भएको छ ।
भारतीय साहित्य जगतमा निकै सम्मानका साथ लिइने नाम बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोर लिखित यो नाटकको नेपाली संस्करण कात्तिक १८ गतेदेखि झापाको बिर्तामोडस्थित इन्द्रेणी व्याङक्वीटमा मञ्चन गरिन लागिएको हो । झण्डै एकसय र्ष पुरानो यो नाटक कात्तिक २४ गतेसम्म बिर्तामोडमा प्रर्दशन गर्न लागिएको मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।
झापाको बिर्तामोडस्थित निर्माणाधीन झापा नाटक घरलाई थप निर्माणकार्यमा सघाउ पुर्याउने उद्देश्यले क्षितिज नाट्य प्रतिष्ठानद्वारा निर्मित जेनियस मिडियाको प्रस्तुतिमा नाटक ‘मालिनी’ नाम्लो नाटक समूहका कलाकारहरूले मञ्चन गर्न लागेका हुन् ।
अन्तराष्ट्रिय नाटक प्रतियोगितामा दोस्रो स्थानमा पर्न सफल भएको नाटक ‘मालिनी’ कृतिलाई बिर्तामोडमा भने सुदीप जंग कार्कीको निर्देशन गरेका छन् ।
बिर्तामोडको पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको झापा नाटकघरमा हाल सम्ममा १ करोड ५० लाख रुपैयाँमा ७५ प्रतिशत निर्माणको काम भएको र अझै २५ प्रतिशत कामका लागि आर्थिक सहयोग जुटाउने अभियान अन्तरगत एक कार्यक्रम यस नाटक मञ्चन रहेको झापा नाटक घर निर्माणमा अभियन्ता माधव कल्पितले बताए । उनले भने ‘१ करोड रुपैयाँ सरकारको तर्फबाट ५० लाख रुपैयाँ एक व्यक्ति एक इँटा अभियानबाट संकलन भएको थियो ।’ नाटकघरलाई पूर्णता दिन अझै १ करोड रकम आवश्यकता रहेको उनले बताए ।
झापामा थियटर नाटकको सुरुवात गरेको क्षितिज नाट्य प्रतिष्ठानले यस अघि पर्खाल, लाटिको छोरो र वर्वरिक लाई सफलता पूर्वक प्रर्दशनी गरेको थियो । ति नाटकलाई झापाली नागरिकले धेरै रुचाएका थिए र यो नाटक ‘मालिनी’ लाई पनि दर्शकले मन पराउने अभियन्ता कल्पितको विश्वास रहेको छ ।
प्रेम –विछोड, धार्मिक र राजनीति विषय समेटिएको नाटक मालिनीलाई एक शैक्षिक अध्ययन र सामाजिक चेतना अभिवृद्धिको रुपमा बुझ्न सकिने बताइएको छ । अझ बढी साहित्यमा रुचि राख्नेहरूका लागि नाटक मालिनी महत्वपूर्ण रहने आयोजकको दावी रहेको छ ।
७ दिनको अवधिभर दैनिक ३ देखि ४ पटक सम्म मञ्चन गरेर जम्मा २१ पटक सम्म नाटक प्रर्दशनी गरिने योजना आयोजकले बनाएको छ । नाटकका लागि करिव ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । खर्च कटाएर नाटक प्रदर्शनीबाट संकलन भएको रकमले नाटक घरमा पर्दा, लाईट लगायतका सामाग्री खरिद गर्ने उद्देश्य रहेको नाटक प्रर्दशनीका संयोजक सुजन शिवाकोटीले आमसंचारलाई बताए ।
कार्यक्रममा ताराप्रसाद भट्टराईले स्वागत गरेका थिए । जेनियस मिडियाका निरज पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नाटको विशेष सो कात्तिक १७ गते गरिने भएको छ ।
सन् २०१४ मा पाकिस्तानको ‘नेसनल एकेडेमी अफ पर्फमेन्स आर्ट’आयोजित संगीत तथा नाट्य महोत्सवमा यो नाटक पहिलोपटक मञ्चन भएको थियो ।
नेपालमा भने सुदीप जंग कार्कीको निर्देशनमा देशका विभिन्न स्थानमा यो नाटक मञ्चन गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here