बालबालिकालाई कसरी अक्षर चिनाउने

0
208

मैले भर्खर बीएससी सकेर एउटा विद्यालयमा पढाउ थालेँ । करिब १०÷१५ वर्ष अगाडिको कुरा हो । म एउटा घरमा बस्न थालेँ । म बसेको घरमा भर्खर विद्यालय पठाउन शुरु गरेका साना नानीबाबु थिए । बिहान–बेलुकाको समयमा मैले उनीहरुलाई पढाउनुपथ्र्यो । कहिले लठ्ठीले पाट्टपिट्ट पार्थेँ । अनि विद्यालयबाट आएर उनलाई त्यसै कायल काबु बनाए पढाउने गर्थेँ । उनी मुस्किलले पढ्न बस्थे ।

करिब सिकाउन थालेको एक हप्ता जति भइसकेको थियो । आज सिकायो, भोलि सिकायो । त्यही क त्यही पनि राम्ररी लेख्न नै नसक्ने । एकदिन मैले नहेरी क लेख भनेँ । उनले आँखा बन्द गरेर क लेखेर देखाए । मैले भनेको एकथोक थियो । उनले अर्कै बुझे । उनले जे बुझे त्यही गरे । यो घटना मेरो दिमागमा आजसम्म पनि घुमिरहन्छ । अनि आज १०/१५ वर्षपछि पनि म जस्तै कति शिक्षकहरु हुनुहुन्छ । जसले मैले जस्तै पटक–पटक गल्ती गर्नुभएको छ । हामी अझै पनि यही परिवेशबाट अगाडि बढिरहेका छौं ।

मलाई यो घटनाले गहिरो रुपमा छोयो । अहिले आएर थाहा भयो मैले त्यो कलिलो दिमाग बुझ्न सकेको रहेनछु । मैले पछ्याएको बाटो उनीहरुका लागि उपयोगी रहेनछ । म मेरो स्तरले जाँदोरहेछु । उनीहरु उभिन नै सक्दा रहेनछन्, म दौडन सिकाउँदोरहेछु ।

एक पटक आफैं कल्पना गर्नुहोस् त । अधिकांशले गर्ने यही हो । एउटा कापी दियो, एउटा पेन्सील दियो । अनि उसले समाउँछ । कता लाने, के गर्ने केही थाह हुन्न । अनि माथि जस्तै गरी सार भन्छौं । यस्तै भएन भने उही छँदैछ लठ्ठी । अनि उनीहरुलाई पढाइ दण्ड नभएर के हुन्छ त ? पढाइ एउटा डरलाग्दो सिङ पलाएको भूत बाहेक केही हुन्न । यसमा हामी सबैले ध्यान दिन जरुरी छ ।

आजभोलि बालबालिकालाई पुरानो तरिकाले सिकाउन सकिन्न । आजकल नेटमा भिडियो लगायतका सामग्री उपलब्ध छन् । त्यसलाई डाउनलोड गरेर देखाउन सकिन्छ । उनीहरुले शुरुमा लेख्न सक्दैनन् । उनीहरुले अक्षर चिन्ने हो । पढ्ने बानीको विकास गर्ने हो । यसरी बुझौं कि उनीहरुले गाई लेख्न सक्दैनन्, तर चिन्न सक्छन् । उनीहरुलाई पहिला धर्का सिकाउने हो । तेर्सो धर्का, ठाडो धर्का आदि पहिला सिकाउने हो । त्यसपछि मात्र उनीहरुलाई अक्षर कोर्न लगाउने हो । उनीहरुलाई कापी र पेन्सिल खेलको साधन बन्न सकोस् ।

कापीमा ठाडो बाटो डबल गरेर त्यहाँ रंग भर्न लगाउने । बाटुलो घेरालार्ई चुरा बनाएको भनी बनाउन लगाउने । अनि मात्र अंक र अक्षर चिनाउन सकिन्छ । पछि बिस्तारै बानी पर्दै गएर अन्य अक्षरहरु लेख्न सक्छन् । सरस्वती पूजाका दिनबाट हजारौं नानीहरुले पढ्न शुरु गरेका छन् । उनीहरुलाई पढाइ बोझ नबनोस् । पढाइ खेल बनोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here