भारतको आसाममा नयाँ पर्यटन केन्द्रको स्थापना हुने

१९ माघ २०७९, बिहीबार मा प्रकाशित

भुवनेश्वर, एजेन्सी ।

भारतको आसाम राज्यको नगाउँमा नयाँ पर्यटन केन्द्र बन्ने भएको छ । ५० करोड भारतीय रुपैयाँको लगानीमा नयाँ पर्यटन केन्द्रको स्थापना गर्न लागिएको हो ।

तिवा राजा जोङल बलाहुको नामबाट उक्त पर्यटन केन्द्र स्थापना गर्न लागिएको भारतबाट प्रकाशित हुने इस्ट मोजो अनलाइनले उल्लेख गरेको छ । केही समयअघि आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले उक्त पर्यटन केन्द्रको शिलन्यास गरेका थिए ।

यस पर्यटन केन्द्रले पूर्वोत्तर राज्यमा रहेका समुदायले भारतमा समावेशी समाज स्थापना गर्न पुर्याएको योगदानलाई पनि समेट्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here