पथरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै निर्वाचित

0
116

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे -१ स्थित पथरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै विजयी भएको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धन तर्फका उम्मेदवारहरू निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी संघको नेतृत्वमा अखिल क्रान्तिकारी( माओवादी केन्द्र) र अनेरास्ववियू (एकीकृत समाजवादी)को साथ रहेको थियो ।

कुल ५ सय ४९ खसेको मतमा नेवि संघका सभापति पदका उम्मेदवार केशर थुलुङ राईले ३ सय ७० मत ल्याएका छन् । राईले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उज्वल लकान्द्रीलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका हुन् । लकान्द्रीले १ सय ७६ मत पाएका थिए ।

त्यस्तै, सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सचिव भुपाल खतिवडाले ३ सय ६० मत पाउँदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएर निर्वाचित भए भने कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगरले ३ सय ५२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाइन।

सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाह (शम्भु ) ले ३ सय ६९, सोमनाथ फुंयाल (दिपेश) ले ३ सय ६६, अखिल क्रान्तिकारीकी प्रीतिका भट्टराईले ३ सय ५० र अनेरास्ववियूका प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन् ।

अनेरास्ववियु तर्फबाट सदस्य पदका लागि प्रबिण पोखरेलले १ सय ५१ अरुण राईले १ सय ६३, एलिश खड्काले १ सय ६१, एरिक बस्नेतले १ सय ७५ र जित ब. खड्का ( जे.वि) ले १ सय ५६ मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here