अर्जुनधारामा १३३ जनाको आँखा परीक्षण

0
165

बिर्तामोड,  वीरता लेडी जेसीज बिर्तामोडले अर्जुनधारा २ साठीमुरेमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बिर्ता आई केयर बिर्तामोडको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा आएका आँखाका रोगीलाई निःशुल्क औषधि समेत बितरण गरिएको वीरता लेडी जेसीज बिर्तामोडकी महासचिव निशा शाक्यले जानकारी दिइन ।


वीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ,कार्यक्रममा विशिष्ठ अतिथि नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाका सभापति मुकुन्द भण्डारीले सामाजिक क्षेत्रमा वीरता लेडी जेसीजले गाउँ प्रवेश गर्दै मानवीय सेवाको क्षेत्रमा उल्लेख्य काम गरेको बताएका थिए ।

संस्थाकी कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मेनुका ओलीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश परेकी थिइन् । कार्यक्रममा आस्था वाचन संस्थाकी उपाध्यक्ष प्रभा रायमाझीले गरेकी थिइन् भने मिसन भिजन संस्थाकी उपाध्यक्ष प्रेयसी चौधरीले वाचन गरेकी थिइन् ।
शिविरमा अस्पतालका तर्फबाट नेत्र सहायकद्वय रोशन खनाल र आस्मा अधिकारी सहित अपरेशन इञ्चार्ज विदूर पौडेल र क्याम्प संयोजक गीता वस्नेत सहभागी थिए ।
शिविरमा अर्जुनधारा नगरपालिकाको माथिल्लो क्षेत्रका स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here