मनसुनजन्य विपद् व्यवस्थापनका चुनौति

0
112

मनसुन शुरु भएसँगै देशका विभिन्न ठाउँमा विपद्का घटना हुने गरेका छन् । बाढी, पहिरो र ढुवानका कारण ठूलो जनधनको क्षति वर्षैपिच्छे हुने गरेको । पर्याप्त तयारी नहुँदा उद्धारमा समस्या निम्तने गरेको छ । तर, झापामा भने जेठ महिनाबाट विपद् उद्धार सम्बन्धी तयारी गरिएको छ ।

यसको पूर्व तयारी, विपद्मा उद्धार र राहतको गरी विपद्मा तीन चरणमा लिइन्छ । पूर्व तयारीका लागि जेठमा सालबारी सिमसार र असार १५ गते नेपाली सैनिक क्याम्प चारआली अरिदम गणले सबै सरोकारवाला संघ–संस्थाहरुलाई बोलाएर कार्यशाला गरी पीइओसी, डीइओसी र एलइओसी गरी प्रदेश, जिल्ला र स्थानीय स्तरमा उद्धार कसरी गर्ने भनेर तीन समूह बनाइ घटना परिकल्पना गर्दै उद्धार चरणहरुको बारेमा प्रभावकारी कार्यक्रम सम्पन्न गर्यो । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल अरिदमन गणका गणपति इमेज मेहर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति लोकराज ढकाल, जिल्ला प्रहरी प्रमुख, क्षेत्रीय एवम् सशस्त्र प्रहरी प्रमुख कार्यालय प्रमुख नगरपालिकाका प्रतिनिधिहरु लगायतको सहभागितामा कार्यशाला पश्चात डेमो प्रदर्शन भएको थियो ।

अहिले मनसुनको समय छ । पानी परिरहेको छ । मनसुनजन्य विपद् जुनसुकै बेला र जहिले पनि प्रकोपको सम्भावना रहेको यथार्थ छिपेको छैन । विपद्लाई दुई किसिमले वर्गीकरण गर्न सकिन्छ । एउटा प्राकृतिक विपद् र अर्को मानवीय व्यवहारको कारण सिर्जित विपद् । मनसुनजन्य विपद्मा बाढी–पहिरोलाई बुझ्न सकिन्छ भने चट्याङ, भूकम्प लगायतका विपद् प्राकृतिक विपद् हुन् । बाढी–पहिरोको क्षतिको हिसाबले मानवीय क्रियाकलाप समेत दोषी छ । नदीको पानी बग्ने बहावको भागको अतिक्रमण गरी बढ्दो शहरीकरण एवम् घर–टहरा संचरनाको निर्माण समेत यसमा कारक बनेको पाइन्छ भने बढ्दो विनासले समेत बाढी–पहिरोवलाई निम्त्याउँदछ । जुन मानवीय क्रियाकलाप नै बढी दोषी छ ।

यसबेला विपद् प्रतिकार्यका लागि जुट्ने समयमा उद्धार एवम् नियन्त्रणका लागि सबै सरोकारवालामा चिन्ता र चासोका साथै पूर्व तयारीमा रहनु स्वभाविक र अपरिहार्य नै देखिन्छ । खासगरी प्रभावित क्षेत्रका लक्षित समुदाय विपत्तिको विषयमा बेखबर जस्तै देखिन्छ । खासगरी झापा जिल्लाका सबै स्थानीय निकायहरुले यस विषयमा जति चासो र चिन्ता राख्नुपर्ने हो त्यो राखेको देखिँदैन । अहिलहेसम्मको घटनाक्रम हेर्ने हो भने पूर्व तयारीको अवस्थामा झापाका पालिकाहरुले खासै चासो राखेको पाइँदैन । यो दुःखदायी पक्ष नै हो । स्थानीय तहको विपद्को विषयमा जिम्मेवार बन्नु पर्दछ । तर, प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई अहिले असारे चटारो छ । बाटो, पुल निर्माण जहिले वर्षात्को समय गरेको देखिन्छ । ढुंगा, गिटी तथा संरचना निर्माणको टेन्डरमा अलमलिरहेका पालिकाहरु कमिशनको खेलभन्दा बहिर जनचासोका यस्ता विषयमा पूर्व तयारीमा जुट्नु पर्दछ ।

घटनापछि दाल–चामल, चाउचाउ लगायतका सामग्री राहत स्वरुप बाड्न भने केही चासो देखिएको छ । प्राप्त जानकारी अनुसार नेपाल रेडक्रस सोसाइटीले भने १५ वटै पालिकामा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ । यसका लागि रेडक्रसलाई धन्यवाद दिनैपर्छ । यद्यपि नेपाल स्काउट यस विषयमा बेखबर नै देखिए पनि गत जेठ २६ र २७ गते दशरथ स्काउट दलको फ्रेण्डशीप (ँचष्भलमकजभभउ ऋबmउ)द्वारा नेपाली सैनिकसँगको सहकार्यका कारण विपद्का लागि जोडिन पुगेको छ ।

झापा जिल्लामा प्रमुख जिल्ला अधिकारी पोख्रेललाई स्थानीय नौ वटा विद्यालयका दुई सय ५३ जना स्काउटले प्रमाण अर्पण गरेको थियो । सोही अवसरमा जिल्ला प्रहरी प्रमुखहरु अरिदमन गणका गणतपति श्रेष्ठ, मेजर आकृति घिमिरे लगायतको उत्साहजनक उपस्थितिमा २६ गतेको क्याम्प फायरलाई मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले गरेका थिए । क्याम्प प्रमुख दशरथ स्काउट दलका स्काउटर टेकेन्द्र ढकाल थिए । नेपाल स्काउट स्थानीय क्षेत्रीय परिषद् मेचीनगर चारआलीका अध्यक्ष टेकेन्द्र ढकाल, उपाध्यक्ष मञ्जु तुम्वापो, सचिव अर्जुन भण्डारी, सहसचिव देविभक्त तिम्सिना, कोषाध्यक्ष गायत्रा बराल, सूचना अधिकारी रामचन्द्र खनाल लगायत १८ जना स्काउटर शिक्षक सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल स्काउटरका राष्ट्रिय प्रशिक्षक पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न क्याम्पसका सभापति दशरथ स्काउट दलका इकाई अध्यक्ष प्रधानाध्यापक लेखनाथ पौडेलले गरेका थिए । मेचीनगर–११, १२, १३ र १४ मा स्काउट सञ्चालित विद्यालयका स्काउट दलको सक्रियताका कारण नेपाल स्काउट समेत अब स्थानीयस्तरमा विपद्मा जोडिएको छ । आफ्नो मूल सिद्धान्त नै तयार हौं भन्ने रहेको र समुदायमा सेवामूलक निःस्वार्थ सेवा समर्पित स्काउट परिषद्ले केही समयअघि नौवाहा पुराणपश्चात स्थानीय पाउँ पाथीभरा धाम परिसरको सरसफाई सामुदायिक कार्य गरिसकेको छ । स्काउटका १० वटा नियम तीन वटा प्रतिज्ञा र ‘तयार हौं’ भन्ने सिद्धान्त प्रति समर्पित रहेको र साहसिक कार्य अन्तर्गत रही विपद्मा सदा समर्पित रहने प्रतिबद्धता जाहेर गरिसकेको छ । आ–आफ्ना विद्यालयका ११ वर्षदेखि १५+ वर्षका स–साना बालबालिकामा मानवीय मूल्य र मान्यता, दया, माया, परापकार करुणा र सहयोगात्मक, भावना जाग्रत गराउँदै इमान्दारिता अनुशासन जस्ता मूलभूत कुराहरुमा प्रभावकारी भूमिका खेल्दै भविष्यका कर्णधार जिम्मेवार, कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्य निश्चय पनि वाञ्छनीय छ ।

विद्यालयमा अध्ययनरत् स्काउट बालबालिकाहरुको स्काउटमा लागेपछि व्यवहारमा परिवर्तन आउन थालेको छ । नेपाली सेना सैनिक जवानहरुबाटै मार्चपास लगायतका प्रशिक्षण पाउन थालेपछि उनीहरु अत्यनतै उत्साहित बनाउँदै लगेको र सेवाको भावनाको विकास हुँदै गरेको आभाष हुन थालेको छ । समग्रमा भन्नुपर्दा मौसम पूर्वानुमान वा पूर्व सूचना र सुरक्षा र उद्धारका लागि सचेतना विपद्का लागि मुख्य पक्षहरु हुन् ।

उद्धारका लागि फौज परिचालन हुनुपूर्व स्थानीय स्तरबाट बचचाउका निम्ति गरिने तैनाथीको अवस्थामा स्थानीय वडा कार्यालयहरु, प्रहरी चौकी र युवा सर्कल, स्काउट दल, सामुदायिक संघ–संस्था, विद्यालयहरु नै बढी जिम्मेवार बन्नु पर्दछ । जे–जे कारणहरु भए पनि समाधानका लागि सरोकारवाला सबैको भूमिका महत्वपूर्ण नै छ । जसमा सूचना सम्प्रेषित गर्ने सञ्चारमाध्यमहरुको उत्तिकै महत्व रहेको हुन्छ । महत्वका साथ विपद् सम्बन्धी समाचार, लेख एवम् सूचना प्रकाशित गरिदिएर नेपाली समुदायलाई सञ्चारमाध्यमले समेत उल्लेख्य भूमिका खेलिरहेका हुन्छन् । यसमा पूर्वाञ्चल राष्ट्रिय दैनिकले विपद् सम्बन्धी सन्देश प्रवाह गरिरहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here