चिनियाँ तस्करको गोदाममा छापा

0
64

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् ।

सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको विभाग उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसक्रममा कोठामा ५/६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको जाँच हुन बाँकी रहेको स्रोतले बतायो । ‘अहिले ती बाकसलाई शील गरिएको छ’, स्रोत भन्छ ।

स्रोतका अनुसार, विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्‍याउने जिम्मेवारी आफूले पाएको खुलाएका थिए । तर, त्यसमा सुन रहेको आफूलाई थाहा नभएको उनले बताएका छन् ।

लामाको बयानपछि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले बालुवाटारस्थित उक्त घरमा छापा मारेको हो । त्यसपछि सुन तस्करीमा संलग्न समूहले प्रयोग गरेको उक्त कोठामा शील गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतका अनुसार, यसअघि पनि विमानस्थलबाट आएको सामान त्यही कोठामा लगेर भण्डारण गरेको पाइएको छ । कोठा भाडामा लिने भन्दै सोध्दै जाँदा विभागका अधिकारीहरु चिनियाँ नागरिक जीक्वाङ लिनसम्म पुगेका थिए ।

‘घरका धनीले चिनियाँ नागरिक जीक्वाङले कोठा भाडामा लिएको बताएपछि उनको खोजी थालिएको थियो’, राजश्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘त्यसक्रममा अध्यागमनलाई नाम पठाएर विमानस्थलमा आए बुझाइदिन पत्राचार गरिएको थियो ।’

स्रोतका अनुसार बिहीबार उनी चीन भाग्ने तयारीमा थिए । त्यसक्रममा विमानस्थलबाटै नियन्त्रणमा लिएर उनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको थियो ।

राजश्व अनुसन्धान विभागले मंगलबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै एक क्वीन्टल सुन बरामद भएको थियो । नेपालमा हालसम्म बरामद भएकामध्ये यो नै सबैभन्दा ठूलो परिमाणको सुन हो ।

बरामद सुन क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here