हाम्रो चारधाम तीर्थ यात्रा २०८०

0
101

चार्धाम् तीर्थ भनी हिँडे म सहजै आषाढको मासमा
एक्लै नै घरबाट साइत गरी पुगेँ इटरी महा
दाताराम भँडारी स्वामी जी कनै बेली र बिस्तार भयो ।
यात्राको क्रममा मलाई सँगमा लाने निधो भै गयो ।।
।। १ ।।
काठमाण्डौं तिरका दश् आठ जनका भागी थिए साथमा
बाग्लुङ पोखराका थिए दुई–दुई जोडी जुटेका यहाँ
आधा सुन्सरीका र एक म थिएँ झापा सुरुङ्गेलीमा
उन्तिस् यात्री थियौं समस्त गनदा यात्री महा तीर्थका ।।
।। २ ।।
पैलानम्बर यात्रुमा श्री हरिराम पौडेल थरका थिए,
दुग्धै वि. अधिकृत थिए हंसमुखा गर्थे रमाइला कुरा
दोस्रा नम्बरमा श्री शङ्करप्रसाद लक्ष्मी नगरका थिए,
काठमाण्डौं तिरका वरिष्ठ अधिकृत कृषि विकास बैंकका
।। ३ ।।
साह्रै सज्जन थे दयालु गुणका उत्साही धर्मेच्छुक
गथ्र्यौं हामी सँगै ती देव गुणका आस्था प्रतिष्ठा महाँ
मान्य भाव थियो ईश्वरप्रतिको सद्भाव एकै थियो
सारा भौतिक नेत्र मात्र भगवान् खोजेर हिँड्दै थियौं ।
।। ४ ।।
कस्तुरी मृगले सुगन्ध सँगमा देख्दैन खोज्थे पर
त्यस्तै मानव हौ र देव खोजीमा पुग्यौं निकै दुरमा
यस्ता तर्कवितर्क साथ सँगमा हुँदा भई नै रहे
यात्री साथी थिए छुट्यौं नि अहिले बाटो अलग्गै भए ।
।। ५ ।।
अर्का साथी थिए विनम्र गुणका विद्वान् सरी साधक
गोकर्णेश्वर काठमाण्डौं तिरका बद्रीप्रसाद, शारदा
गोकर्णै तिरकै थिइन् ती तुलसा थापा पनि धार्मिक
यस्तै सुन्सरीका प्रदीप, विमला आमाछोरा कर्मठ
।। ६ ।।
गर्थे है उपकार यात्रु जनको सेवा प्रदीप साथमा
सुवेदी कमला घरै तरहरा भन्थिन् ती अर्की थिइन्
दुर्गादेवी रिजाल आदि सँगका इटेरी आप गाछीका
रेखा पोखरेल थिन् त्यसैगरी अरु लिला रिजालै यहाँ
।। ७ ।।
शारदा प्रमिला धिताल थरका गोकर्ण बासीहरु
लिला राऊत थिन् यसै गरी अरु आदर्श नारीहरु
खानदानी कुलका वरिष्ठ मुलका थिए सबै साधक
हेर्दा सुन्दर शान्त थे कति कला उत्साहित थे गायक
।। ८ ।।
जानुका घिमिरे थिइन् अनि यसै त्यो काठमाण्डौं पनि
हाम्रै साथ थिए गयौं सब मिली एकै परिवार भई
टि. एन. पौडेल थे यसै गरी त्यहाँ सुन्दर हरैचा घर
झापाली कवि ज्ञानराज अनि थे कन्काई झापा घर
।। ९ ।।
लीला शाही थिए इटेरी न. पा. का मधेशी मुल्का यिनी
टंकै टंक थिए नेपाल पोउडेल हिँड्थे बहुतै मिली
बद्री पौडेल थे यी ज्येष्ठ तहका साधु र सज्जन हरु
माधव, विजय थे इटेरी वलिया बासी यहाँका अरु ।।
।। १० ।।
यस्तै श्री बद्रराज सत्य कुलकी श्री सत्य भामा थिइन्
भान्सा चट्ट मिठो थियो यी दुईको हस्तै कला भर्दथिन्
केही नाम छुट्यो मलाई कतिले नामै नदिँदा यहाँ
हरिराम जीले स्वयं लगिदिँदा लिस्टै नमिल्दा महाँ ।।
।। ११ ।।
विभिन्न थर गोत्र कूलहरुको ब्राम्हण परिवारका
प्रायः शिक्षित सौम्य साधु परिवार एकै थ्यो सद्भावना
उद्देश्य सबको समान ईशको प्राप्ती यहाँ देखियो
सातु सामल जो थियो सबमाहाँ बाडीचुंडी खाइयो ।।
।। १२ ।।
स्टेशन जोग्मनीको लियौं सब मिली यात्रा प्रयाग् तर्फमा
लाग्यौ है पहिले र दुई दिनमा पुग्यौं बडो हर्षमा
तीर्थै राज भनी कहिन्छ यमुना गंगा प्रयाग् धाममा
तर्पण पितृ महाँ हुँदै सब बडे त्यै दिन् हरिद्वारमा ।।
।। १३ ।।
दुईदिन्मा हरिद्वार पुगेर सवले स्नानादि दर्शन गरे
दुई दिन्सम्म बसी सबै जन मिली पिण्डादिका कर्मले
आत्मै शुद्ध भयो नि यात्री जनको सत्कर्मका भावले
दर्शन भो सती, दक्ष–कुण्ड सबनै लेख्थ्यो इतिहांसले
।। १४ ।।
यात्रा रेल छुट्यो बसै लिई सबै यात्रा यसैमा गर्यौं
गंगोत्री यमुनोत्री चार दिनमै दर्शन मिल्यो फर्कियौं
केदारेश्वर दुई दिन तक नै लाग्यो कठीनै भयो
श्री नारायण बद्री धाम पुगियो दुई दिन सजिलै थियो ।।
।। १५ ।।
बद्रीमा दुई दिन बसेर सबले स्नानादिका कर्मले
शुद्ध शान्त पवित्र भै सब मिली त्यो पिण्ड दानादिले
पितृ मोक्ष गरी सहर्ष सबनै फिर्दा भयौं मार्गमा
यात्रा यो सजिलै भयो प्रकृतिले माया गरिन् साथमा ।।
।। १६ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here