करेन्ट नलाग्ने बिजुली आविष्कार

0
74

बाबु छोरी काम विशेषले बाटोमा हिँड्दै थिए । अलिपर पुगेपछि बाटोमा डोरी जस्तो वस्तु लत्रिरहेको देखियो । उनीहरुले सोचे डोरी होला, तर नजिकै पुगेपछि बिजुलीको तार भएको थाह भयो । बाटो किनारमा रहेको बिजुलीको पोलबाट चुँडिएको बिजुलीको तार बाटोमा लत्रिएको रहेछ । लत्रिएको तारबाट पनि करेन्ट लाग्ने थाहा भएकाले बाबु चाहिँ सतर्क बने तर छोरी चाहिँ बिजुलीको तार नजिकै पुगिन् ।

छोरी बिजुलीको नार नजिक पुगेको देखेपछि आत्तिँदै बाबुले भने ए छोरी बिजुलीको तार नजिक नजाऊ करेन्ट लाग्छ । छोरी टक्क अडिइन् र बाबुलाई सोधिन् बाबा करेन्ट भनेको के हो र करेन्ट लाग्यो भने के हुन्छ ? बाबुले छोरीलाई भने बिजुली प्रवाह हुनुसँगै करेन्ट प्रवाह भइरहेको हुन्छ । जुन मानिसहरु मात्र होइन अन्य जीवका लागि समेत खतरा हुन सक्छ । करेन्ट लागेमा कडा झट्का लाग्दछ जसले मानव शरीरका अंगहरुलाई नराम्रो असर पर्दछ । बिजुलीको करेन्ट लाग्यो भने शरीरका अङ्ग–भङ्ग हुन सक्छन् र मानिसको मृत्यु पनि हुन सक्छ । छोरीले भनिन्– अनि खोइ मलाई करेन्ट लागेन त ? छोरीको जिज्ञासामा बाबुले भने बिजुलीको तारलाई छोइयो भने करेन्ट लाग्छ । छोरीले भनिन्– ए त्यसो पो, मलाई त बिजुलीको तार छुन मन लागेको थियो । बाबु चाहिँले भने यस्तो गल्ति कहिल्यै गर्नुहुँदैन । किनकि मानिसको ज्यान जान सक्छ । त्यसपछि उनीहरु अरुलाई पनि सचेत गराउँदै अगाडि बढे ।

बाबु छोरी अलि पर पुगे । बाटोमा पानी जमेको थियो । लुगा सुर्किंदै पानी टेके । पानीमा खुट्टा चोबलिने बित्तिकै उनीहरुलाई झन्झनाहट महशुस भयो । बाबा यो पानी त कस्तो छ, खुट्टा झन्झन् गर्छ त ? बाबु चाहिँले पानीमा पक्कै करेन्ट छ भन्ने थाहा पाइ हाले । छोरीलाई समातेर पानी बाहिर ल्याए र वरपर हेरे । खेतको बीचबाट लगिएको बिजुलीको लाइन चुडिएर लत्रिएको तार खेतको गह्राको पानीमा परेको रहेछ । त्यही तारले प्रवाह गरेको करेन्ट पानी हुँदै बाटोसम्म आइपुगेको रहेछ । तार अलि नजिकै परेको भए त उनीहरुलाई निकै गाह्रो हुने थियो । तर, पानीमा लत्रिएका बिजुलीको तार टाढै भएकाले करेन्टको असर कम थियो । छोरीले सोधिन्– बाबा करेन्ट त पानीमा पनि लाग्दोरहेछ हो कि ? बाबुले भने– हो त । बिजुलीको करेन्ट निकै खतरनाक हुन्छ । बिजुलीको करेन्ट लागेर विश्वमा दैनिक कैयन मानिसहरुको मृत्यु भइरहेको हुन्छ ।

छोरीले सोधिन्– अनि बाबा करेन्ट बिनाको बिजुली बनाउन मिल्दैन ? बाबले भने– त्यस्तो सम्भावना भएको भए त करेन्ट बिनाको बिजुली बनाउने थिए होलान् । छोरीले भनिन्– मिल्छ होला करेन्ट बिनाको बिजुली बनाउन । प्रयास गरे सम्भव हुन सक्छ । बाबुले भने– ल धेरै बाठी नहोऊ त खुरुखुरु हिँड । तर छोरी चाहिँ सोच मग्न भइन् । उनले सोचिन् म यसको उपाय पत्ता लगाउँछु ।

छोरी अर्थात् छात्रा भोलिपल्ट स्कूल गइन् । कक्षा कोठामा पंखा चलाउनका लागि बिजुलीको सुइँचबोर्डमा रहेको सुइँच अन गर्ने क्रममा एक विद्यार्थीलाई करेन्ट लाग्यो । उनलाई निकै कडा झट्का लाग्यो र उनी भुइँमा लडे । विद्यार्थीहरु आत्तिँदै सरलाई बोलाए । सरले बिजुली र करेन्टबारे बताए । बिजुली लापरवाहीपूर्ण तरिकाले चलाए करेन्ट लाग्ने बताए । त्यसैले बिजुली चलाउँदा होशियारीपूर्वक चलाउनुपर्छ । सुइँच बोर्डहरु बिगे्रको पनि हुन सक्छ भनेर ख्याल पनि गर्नु पर्दछ । नत्र करेन्ट लागेर ज्यान पनि जान्छ या शरीरका अङ्ग–भङ्ग हुन सक्छ ।

बीचैमा विद्यार्थीहरुले सोधे– सर करेन्ट बिनाको बिजुली हँुदैन ? सरले भने– करेन्ट बिनाको बिजुली निकाल्नु असम्भव कुरा हो । सम्भव हुँदो हो त बिना करेन्टको बिजुली निस्कने थियो होला र बिजुलीको करेन्टका कारण धेरैको ज्यान जाने पनि थिएनन् । यत्तिकैमा निकै उत्साहित हुँदै एक छात्रा बोलिन्, सर करेन्ट बिनाको बिजुली बनाउन सम्भव छ । त्यहाँ विद्यार्थीहरु र सर अक्क न बक्क पर्छन्, करेन्ट बिनाको बिजुली बनाउन सम्भव छ भन्ने कुरा सुनेर । सरले भने– स्टुडेन्ट तिमी असम्भव कुरा बोल्दैछौ । असम्भव कुरा अर्थात् झुठो कुरा बोल्ने ठाउँ होइन स्कूल । विद्यार्थीहरुले पनि सरकै कुरामा हो मा हो मिलाए र भने करेन्ट बिनाको बिजुली बनाउन सम्भव छैन ।

तर, ती छात्राले फेरि भनिन्– सम्भव छ, करेन्ट बिनाको बिजुली बनाउन, त्यो काम म गर्छु, म आफैलाई पनि करेन्ट लागिसकेको छ । करेन्टको असर महशुस गरेकी छु र बिना करेन्टको बिजुली निकाल्ने उपाय पनि मैले पत्ता लगाइसकेको छु । सबैले ती छात्रालाई सोधे– लु भन न त कसरी बिना करेन्टको बिजुली निस्कन्छ । ती छात्राले भनिन्– अहिले नै त म भन्न सक्दिनँ, मैले धेरै अनुसन्धान गर्नुछ र प्रमाणित गर्नुछ, तर म करेन्ट बिनाको बिजुली बनाउन सक्छु, म त्यसको नेतृत्व गर्न सक्छु । पुराना पुस्ताले गरेका आविष्कारका कमजोरीहरु भर्ने काम हामी नयाँ पुस्ताको हो । नत्र हामी नयाँ पुस्ता कसरी रहन सक्छौं ? त्यहाँ पिन ड्रप साइलेन्स् छायो । केही क्षणपछि विद्यार्थीहरु र सरले सोधे– यो काम कहिलेसम्म गछ्र्यौ त ? ती छात्राले भनिन्– भविष्यमा कुनै दिन, अनुसन्धान सकेर जब मैले आवश्यक उपकरण जुटाउन सक्छु ।

ती छात्राले आफ्नो वरिपरि हेरिन् त्यहाँबाट विद्यार्थीहरु र सर कति छिटो भागिसकेछन् । छात्राले अठोट गरिन्– करेन्ट बिनाको बिजुली बनाउन कति सजिलो छ, तर यसका लागि उपकरणको आवश्यकता पर्दछ । त्यो जुटाएर चाँडै करेन्ट नलाग्ने बिजुली निकाल्छु र संसारलाई नयाँ उपहार दिन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here