नारी

0
63

कति नारी भए अलपत्र
देशको पारी छ खतरैखतरा ।

देशको अशिक्षा वेरोजगारी
जनचेतनाको कमीका कारण
अगाडि चालौं पाइँला
बढाउँदै महिला सशक्तिकरण

लुकेको छ अझै लाखौं प्रतिभा
त्यसैलाई अगाडि बढाइ बनाउ
हाम्रो देशको शोभा

पैसाको लोभमा काम प्रलोभनमा पारी
लाखौं अलपत्र र बेपत्ता भए
यस देशका प्रतिभाशाली नारी

पैसाको कमीमा हुर्किएका बालक
आमाको काख र देशबाट भए अलग
हारीसके उनका काँध, गली सको उनका हात

खुट्टा लकलक काम्दछ, मेरो दशेको भविष्य सोची
बरु सुख्खा खाऊ, २० वर्ष नपुगी कतै नजाऊ
न आत्तिनु तिमी, न डराउ तिमी
आफ्नै गाउँ ठाउँ आमा–बुवाको काखमा रमाउ

आमाको काखमा हुर्केकी छोरी
पुगौली कोठीको वरिपरि
आमाको हातले खान खाने छोरा
हुन्छन कि लागू पदार्थमा संलग्न

कतै पार्छन् कि परिवारको इज्जतलाई दाउमा
कतै पर्लान् कि असाध्यै नराम्रो ठाउँमा ।

(विश्व सेवा विस्तार संस्था)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here