सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

0
35

वीरगन्ज,

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो निधन भएको छ । बाराको गढीमाईसम्म आज बिहान साइक्लिङ गरेर फर्किनुभएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

साइक्लिङबाट फर्किएपछि उहाँ गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस हुनुभएको थियो । बेहोस हुनुभएका उहाँलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकामा अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताउनुभयो ।

उहाँको आजै शव परीक्षण गराई हेलिकोप्टरबाट शव काठमाडौँ पठाउने तयारी भएको प्रजिअ रेग्मीले बताउनुभयो । नुवाकोट स्थायी घर भएका थपलियाको परिवारजन काठमाडौँमा बस्दै आएको छ । उहाँ सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरको प्रमुखको जिम्मेवारीमा आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here