देउनीयामा प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिता शुरु

0
99

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११स्थित सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा शुक्रबारदेखि प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिता शुरु भएको छ ।

स्थानीयस्तरमा भलिबल खेलको प्रबद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक परिवारका सल्लाहकार किरण जवेगुले बताए ।

परिवारका अध्यक्ष देवेन्द्र विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि वडाध्यक्ष खगेन्द्रप्रसाद इङनामले उद्घाटन गरेका थिए ।

स्थानीय देउनीय खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको सचिव महेन्द्र सुवेदीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सोही प्रतियोगिताको विजेता र उपविजेताको ट्रफी स्थानीय मनिराज जवेगु सेवा समाजबाट सौजन्य भएको बताइएको छ । बेस्ट अफ थ्री ढाँचामा खेलाइने प्रतियोगिताको फाइनल शनिबार हुने बताइएको छ ।

परिवारका सचिव सुवेदीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन चन्द्र सुवेदीले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल बिर्तामोड–५स्थित न्यूटन्स एजुकेशन एकाडेमी र भद्रपुर नगरपालिकाबिच हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here