श्रावणी पर्व–२०८० को आय–व्यय विवरण सार्वजनिक

0
91

अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले श्रावणी पर्व–२०८०को आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार जम्मा आम्दानी १२ लाख ५८ हजार आठ सय ९३ रुपैयाँ, जम्मा खर्च तीन लाख ८३ हजार दुई सय ३७ रुपैयाँ र जम्मा बचत आठ लाख ७५ हजार छ सय ५६ रुपैयाँ रहेको छ ।

आम्दानीतर्फ नगदी रसिदबाट पाँच लाख ३२ हजार चार सय ९३ रुपैयाँ, मन्दिर भेटीबाट चार लाख ४३ हजार सात सय ५० रुपैयाँ, महाप्रसाद तथा खाद्य व्यवस्थापन रसिदबाट एक लाख ४५ हजार नौ सय रुपैयाँ, शिघ्र दर्शन रसिदबाट ७५ हजार पाँच सय रुपैयाँ रहेको छ ।

त्यसैगरी भूमिदानबाट ३३ हजार पाँच सय रुपैयाँ, अन्नदाता अक्षयकोषबाट २१ हजार पाँच सय ५० रुपैयाँ र आजीवन सदस्यताबाट छ हजार दुई सय रुपैयाँ रहेको छ । त्यस्तै खर्चतर्फ पण्डाल निर्माण तथा साउण्ड सिस्टममा एक लाख ३५ हजार रुपैयाँ, महाप्रसाद तथा खाद्य व्यवस्थापनमा ९६ हजार पाँच सय ८८ रुपैयाँ, गुरु–कर्मचारी–विद्यार्थी–बटुक दक्षिणातर्फ ५२ हजार दुई सय ४० रुपैयाँ, बाटो तथा पण्डाल मिक्स गिटीमा ३८ हजार सात सय ५० रुपैयाँ रहेको छ ।

मूल मन्दिर पूजा व्यवस्थापनमा ३४ हजार तीन सय ६९ रुपैयाँ, मूल मन्दिर श्रृंगारमा १५ हजार रुपैयाँ, विविध खर्चमा नौ हजार दुई सय ९० र विज्ञापनमा दुई हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here