प्राइम बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

0
28

झापा ।

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।

बैंक सञ्चालक सिमितको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए ।

उनलाई सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका छन् । मानन्धरलाई सीईओको जिम्मेवारी दिएको बै‌कले जनाएको छ ।

मानन्धर स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर काम गरेको अनुभव रहेको कम्नीका सचिव राजकुमार कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here