प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिताको उपाधि सनलाईटलाई

0
81

अर्जुनधारा ।

सनलाईट भलिबल टिम मेचीनगर झापाको अर्जुनधारामा जारी प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

अर्जुनधारा–११स्थित सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा स्थानीय देउनीय खेलमैदानमा शनिबार सम्पन्न खेलमा रमिते भलिबल टिम झापालाई २५–२३, १४–२५ र १५–९को सेटमा पराजित गर्दै सनलाईट उपाधि जित्न सफल भएको हो ।

जितसँगै उपाधि विजेता र उपविजेता सनलाईट र रमितेले नगद पुरस्कार क्रमश २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टिमका जीवन घिमिरे भएका छन् ।

आयोजक परिवारका अध्यक्ष देवेन्द्र विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङनाम, नेकपा एमाले पार्टी वडाका इञ्चार्ज वीरबहादुर राई, अध्यक्ष बोलप्रसाद कोइराला, मनिराज जवेगु सेवा समाजका अध्यक्ष वीरेन्द्र जवेगु, सालबारी प्रहरी बिटका प्रमुख मुक्ति अधिकारी, आयोजक संस्था सल्लाहकार समितिका संयोजक किरण जवेगूलगायतले खेलाडीहरुलाई नगद तथा पुरस्कार वितरण गरेका थिए ।

सोही कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दाताहरुलाई सम्मानित गरिएको थियो । प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन चन्द्र सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here