धार्मिक सद्भाव कायम राख्न जरुरी, सोसल मिडियाको दुरुपयोग

0
31

झापा ।

सुनसरीको धरानमा गौ हत्याको विषयलाई लिएर चर्कीएको द्धन्द्ध समाधान तर्फ सबैले पहल थाल्नुपर्नेमा आवाज उठ्न थालेको छ । गौ हत्या अपराध हो भन्दै शनिबार त्यस विरुद्ध विशाल धार्मिक प्रर्दशन गर्ने तयारी गरिएको थियो । तर प्रशासनले निषेधाज्ञा जारी गरेसंगै शनिबार कसैले पनि धरानमा प्रर्दशन गर्न पाइनन् । धरान शनिबार निषेधाज्ञाका सुनसान भयो । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि धरानमा निषेधाज्ञा जारी गरेको थियो । शनिबार विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो ।

त्यसैले अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन । धरानकै बासिन्दा पनि घरबाहिर निस्किएनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । धरानमा अत्यावश्य सेवाका बाहेक अन्य गाडीहरु चल्न बन्देज गरिएको थियो । पसलहरु खुलेका छन् तर मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन । शनिबार दिउँसो धरानको मुख्य बजार क्षेत्र भानुचोक पुग्दा फाट्टफुट्टमात्र सर्वसाधारण देखिएका थिए । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

धरानको पछिल्लो विवाद साम्प्रदायिक किसिमको छ । गोरु काटेर खाएको विषयबाट विवादित बन्दै गएको धरानको विषयले सामाजिक सञ्जाल बढि नै तातेको छ । केही साताअघि गोरु काटेर सामूहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विवाद सुरु भएको हो । हुन त धरानमा गोरु काटेर खाएको विषय धरानेको लागि त्यति नौलो भने थिएन । तर, सार्वजनिक रूपमा गोरु काटेर भनेर हिन्दु धर्मावलम्बीहरूलाई चुनौती दिएको भन्दै यसबारे वादप्रतिवाद भएको थियो ।

गत साउन अन्तिम हप्ता, सामाजिक सञ्जालमा धरान– ११ स्थित मङ्गलबारेमा गोरु काटेर भोज गरेको भिडियो भाइरल भयो । खासमा गोरु काटेकै अभियोगमा प्रहरीले पक्राउ गरेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएपछि गोरु काटेर भोज लगाइएको थियो ।

गत साउन ९ गते धरान–१५ का राजन परियार र धरान–५ का विन्द्रा राईलाई ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले समात्यो । १७ दिनपछि धरौटीमा रिहा भएका राई र परियारलाई विभिन्न पहिचानवादी संघ संस्थाले सम्मान गरेपछि गोरुको मासुको भोज लगाइएको थियो । नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो । सामूहिक भोजको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि हिन्दु पक्षधर संघसंस्थाहरू विरोधमा उत्रिए । धरानभित्र ’अघोषित’ रूपमा चल्ने गरेको गोरु वधलाई सामाजिक सञ्जालले व्यापक सतहमा ल्याइदियो । यता प्रहरीले भने उक्त भिडियोमा देखाइएको मासु गोरुको नभएको जिकिर गर्दै आएको छ । उक्त स्थानमा प्रहरी टोली नै पुगेर थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

भिडियो भाइरल भएपछि हिन्दुवादी संगठनहरूले गोरु काटेको विषयमा कडा विरोध गरेपछि विभिन्न आदिवासी जनजाति घटकहरूले पनि काउन्टर विज्ञप्ति निकालेका थिए । त्यसपछि पनि सामाजिक सञ्जालमा गोरु काटेको विषय मत्थर भएन । त्यही क्रममा हिन्दु धर्मका ’गुरु’ हरुले भदौ ९ गते शान्तिपूर्ण ¥याली गर्ने भन्दै धरानमा भेला हुन् आव्हान गरेपछि भने विभिन्न जातीय घटकहरूले काउन्टर कार्यक्रमसमेत सार्वजनिक गरे ।

नाममा सद्भाव ¥याली भने पनि दुवै पक्ष मुठभेड हुने ’दुर्भाव’ स्थितिको पुर्वआभास भने सामाजिक सञ्जालमा देखिन्थ्यो । जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने ’संक्रामक रोग ऐन २०२०’ को आवरणमा सम्भावित धार्मिक द्वन्द्वको संक्रमण रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेको छ ।

गोरु काटेर खाएको विवाद पछिल्लो दुई महिनाभित्रको दोस्रो शृङ्खला हो । केही समयअगाडी मात्र मन्दिरको सामुन्ने चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो । द्धन्द्धलाई साम्य पार्न नगर प्रमुखले ध्यान दिनुको सट्टा उल्टै सामाजिक सञ्जालमा समुदाय भड्काउने अभिब्यक्ति नगर प्रमुख हर्क साङपाङले दिए पछि उनको चर्को आलोचना भइरहेको छ

वार्ताबाट समस्या समाधान गर्न आग्रह–

राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोगले सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।

एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह समेत गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले शनिबार ¥याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू स्थगित गर्न आयोगले आग्रह समेत गरेको थियो ।

देशका विभिन्न स्थानमा प्रर्दशन

गौहत्याको विरोधमा हिन्दुवादीहरू ¥यालीसहित धरान जाने तयारी गरेसंगै उनीहरुलाई कोशी प्रदेशका विभिन्न स्थानमा रोकिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबै जिल्लाहरुमा प्रर्दशनमा सहभागि बन्ने समूह तथा धार्मिक संघ–संस्थालाई रोक्न निदेर्शन दिएको थियो । प्रहरीको सुर्कलर अनुसार नै झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा प्रर्दशनमा सहभगि बन्न जानेहरुलाई रोक लगाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैक्रममा झापााबाट ¥यालीमा सहभागि जानका लागि हिडेका हिन्दुवादीहरू लाई प्रहरीले चारपानेमा रोकेको थियो । उनीहरुलाई ¥यालीमा सहभागि नहुन आग्रह गर्दा उल्टै नाराबाजी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । सम्भावित घटनालाई मध्यनजर गर्दै इटहरी, तरहरा लगायतका स्थानमा हिन्दुवादीहरूलाई रोकिएको जनाइएको छ । उनीहरुले सोही स्थानमा नारीबाजी तथा विरोध प्रर्दशन गरेका थिए ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं.बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

सोसल मिडियाको व्यापक दुरुपयोग

जातीय तथा धार्मिक भावना भड्काई सामाजिक द्वन्द्व निम्त्याउन सोसल मिडियाको व्यापक दुरुपयोग भएको छ । धरानमा भएको पछिल्लो घटनालाई ब्यापक तथा उत्तेजित बनाउन प्रमुख भूमिका सोसल मिडियाले गरेका छन् । अनाधिकृत रुपमा खोलिएका सामाजिक सञ्जाल फेसबुक, युबट्ुव तथा केही दर्ता विनाका अनलाइनहरुले ब्यापक रुपमा अर्नगल प्रचार गर्दा द्धन्द्धको सिर्जजना उत्पन्न भएको प्रहरीले जनाएको छ । धरानमा जे भइरहेको छ । अथवा पर्दापछाडिबाट जे गर्न खोजिएको छ, त्यसले जातीय र धार्मिक भावना भड्काउन खोजिएको स्पष्ट सामाजिक सञ्जालहरुमा देखिएको छ ।

धरान बाहिर प्रचार गरेजस्तो छैन्–एसपी ढकाल

धरानमा गौहत्याको विषयलाई लिएर उत्पन्न विवादले गौहत्या गर्न पाउनु पर्छ र पाउनु हुदैन भन्ने समूहमा विभाजित भएपछि द्वन्द्व सिर्जना भएको हो । केही समयअघि धरानमा केही व्यक्तिले गोरु काटेर खाएको विषयले सामाजिक सञ्जाल भरिएको छ । गोरु खाएको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । उनीहरुलाई मासुसहित पक्राउ गरेर अदालतमा मुद्दा चलाइए पनि अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ ।

तिनै व्यक्तिलाई पुनः १०÷१५ जनाको समूहले कुनै एक ठाउँमा लगेर भोज खुवाएको र उनीहरुले सामुहिकरुपमा खाएको भोजलाई गोरु काटेर खाएको भनी सामाजिक सञ्जाल तथा युट्युवहरुमा पोष्ट गरिसकेपछि गोरु काटेको विषयले चर्चा पाएको हो ।
धरानमा गोरु काटेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि त्यसको खोजी व्यापक बनाएको प्रहरीले जनाएको छ । घटनाका विषयमा सूक्ष्म रुपमा प्रहरीले अनुसन्धान गरिरहेको सुनसरीका प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।

उनले पूर्वाञ्चलसँग कुरा गर्दै भने– ‘धरानमा भएका घटनालाई गम्भीर रुपमा हामीले अनुसन्धान गरिरहेका छौं । तर, गोरु काटेको यथेष्ट प्रमाण फेला परेको छैन ।’ सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिको खोजी टेक्निकल टिमबाट शुरु भए पनि अहिलेसम्म उनीहरुको पहिचान हुन नसकेको जानकारी दिए ।

एसपी ढकालले सामाजिक सञ्जालका कारण धरान अशान्त जस्तो देखिए पनि यहाँ शान्त रहेको बताए । उनले भने– ‘यहाँका सबै राजनीतिक दल, संघ–संस्था, धार्मिक समुदायबीच एक–आपसमा भाइचाराको सम्बन्ध छ । तर, धरान बाहिरका केही समूह तथा व्यक्तिले अफवाह फैलाउँदा धरान अशान्त जस्तो देखिएको हो ।’

एसपी ढकालले धरानलाई शान्त र सुरक्षित बनाउन आफूहरु लागीपरेको जानकारी दिए । उनले गाई तथा गोरु कसैले काटेको फेला परेमा उनीहरुलाई कानून बमोजिम कारवाही गर्न प्रहरी प्रशासन तयार रहेको उल्लेख गरे ।

के छ कानुनमा

संविधानले देश धर्म निरपेक्ष मानेता पनि गाईलाई राष्ट्रिय जनावर स्वीकार गरेको छ । नेपालको संविधानको धारा ९(३)ले गाईलाई राष्ट्रिय जनावर स्विकारी सकेको छ । धार्मिक त छँदै छ राष्ट्रिय जनावर भएको कारण पनि गाईलाई यो धर्म त्यो धर्म भन्नुभन्दा पनि हामी सबैको राष्ट्रिय जनावर भनेरसमेत संवर्द्धन र माया गरिनुपर्छ । उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ । अस्ट्रेलियामा बर्षेनी हजारौं कंगारु मारिने गरिन्छ । जापान, इन्डोनेसिया आइसल्याण्ड अईभरीकोस्ट लगायतका दर्जनौ देशहरुमा अहिले पनि राष्ट्रिय जनावर मारिने गर्दछन् । या कानुन तह नै मार्न छुट छ । तर, उनीहरुको नेपालको भन्दा के फरक छ भने न त्यी जनावरको त्यहाँ सामाजिक महत्व छ न कुनै त्यहाँको बहुसंख्यकहरुको धार्मिक आस्थासँग तिनीहरु जोडिन्छन् ।

अर्को कुरा फौजदारी कानुनले कुनै कुरा निषेध गर्छ भने त्यो गर्नु अपराध हो । पहिलाको मुलुकी ऐन र अहिले लागू रहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्विकारी दण्डनीय बनाएको छ । सो ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।

सोही दफाले गाई वा गोरुलाई कुटपिट अंगभंग पार्नेलाई ६ महिनासम्म कैद र अरू चोट पु¥याउनेलाई ५० हजारसम्म जरिवाना हुने सजाय समेत हेर्दा गाई गोरुलाई फौजदारी कानुनले समेत विशेष दर्जा दिएको पाइन्छ । सोही ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २२७ ले पशुकरणी गर्न नहुने भन्ने व्यवस्थासमेत यहाँ उल्लेख गर्न आवश्यक छ। सो दफाले गाई करणी गरे वा गराएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरि अन्य पशुकरणीको हकमा १ बर्ष मात्र कैद र १० हजार जरिवाना भनि व्यवस्था गरेको अवस्थासमेत विवेचना गर्दा नेपालको फौजदारी कानुनले गाईलाई छुट्टै दर्जा दिएको स्पष्ट हुन्छ । सनातन कालदेखि पुजिँदै आएको र गाईलाई पुज्नेको बाहुल्यता भएकाको देशमा धर्म निरपेक्षताको नाममा गाईमाथि राजनीति गर्न नहुनेको धेरैको धारणा रहेको छ । प्रचलित नेपालको कानुनबमोजिम गाई र गोरुलाई हानि नोक्सानी, चोटपटक वा हत्या गरिनु दण्डनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here