नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ४ (१) को क्षेत्रीय सम्मेलन सम्पन्न

0
32

झापा, नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ४ (१) को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा क्षेत्रीय सम्मेलन भएको हो । पार्टीका क्षेत्रीय सभापति विनोद ढकालको सभापतित्वमा भएको क्षेत्रीय सम्मेलनमा पार्टीले गरेका साामाजिक, आर्थिक , सांस्कृतिक तथा राजनीतिक गतिविधिका विषयमा प्रकाश पारिएको थियो ।
पार्टीले सामाजिक कार्य अन्तरगत शिवसताक्षी नगरपालिका ११ निवासी एकल महिला एवम् क्यान्सर पीडित भीमा कुमारी चौधरीको घर निर्माणदेखि वडा नम्वर ८ का अति विपन्न मान वहादुर राईको घर निर्माण गरेको सभापति ढकालले बताए ।
झापा क्षेत्र नम्वर ४ (१) मा टोल संख्या ७१ , वडा ११ क्षेत्रीय प्रतिनिधि ३ सय ६२ ,क्रियाशील सदस्य संख्या तीन हजार ७ सय ६२ रहेको र नेपाल किसान संघ कोशी सदस्य १ , नेपाल तरुणदल केन्द्रीय सदस्य १, गाउँ नगर सभापति २ , जनप्रतिनिधिहरु १३ , क्षेत्रीय समिति १३ जिल्ला समितिमा १८ महाधिवेशन प्रतिनिधि १३, कोशी प्रदेश सदस्य २ जना रहेको सभापति ढकाालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीले आगामी दिनमा क्रियाशील सदस्यको फोन नम्वर इमेल आइडी सहितको विवरण राख्ने, टोल , वडा, पालिका समितिको अभिलेख राख्ने लगायतका कामलाई समेत अघि बढाएको कार्यक्रममा जाानकारी दिइयो ।
सभापति ढकालले आफ्नो क्षेत्रमा पार्टीका नेता लौह पुरुष गणेशमान सिंह अध्ययन प्रतिष्ठान रहेको जनाउँदै यो प्रतिष्ठानमा प्राविधिक तथा व्व्यवसायिक शिक्षा प्रदाान गरिदै आएको बताए । शिवसताक्षी ८ मा रहेको यो प्रतिष्ठानको नाममा ९ विगाह ११ कठ्ठा, ६ धुर जमिन रहेको र यो संस्थाका लागि भवन निर्माणको काम अघि बढाएको कार्यक्रममा जानकाारी दिइयो । यस ससंस्थामा हाल डिप्लोमा इन इन्जिनियर, डिप्लोमा इन आई टी,का कक्षा सञ्चालन भएरहेको बताइएको छ । यो संस्थाको अध्यक्षमा महाधिवेशन प्रतिनिधि सन्तोष कुमार मेयाङ्वो रहेको बताइएको छ ।
पर्टीका क्षेत्रीय सचिव गोपाल चन्द्र सिंह राजवंशीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस झापाका सभपति देउकुमार थेवे, त्यस क्षेत्रका अगुवा नेता ज्ञानेन्द्र वहादुर न्यौपाने लगायतले बोलेका थिए ।
यसबीच पार्टीलाई सदैव चलायमान बनाउँदै लाने तत्कालीन सभापतिहरु साविक धरमपुर निवासी विष्णु कुमार खिम्बूले रााई, साविक सतासीधामका ज्ञानेन्द्र वहादुर न्यौपाने, साविक शिवगञ्जका केदारनाथ काफ्ले साविक पाँचगाछीका लक्ष्मीलाल देव, साविक कोरोवारीका विष्णु प्रसाद घिमिरे, साविक महाभाराका डाक्टर राजवंशी, साविक बैगुनधुराका भक्तवहादुर पौडेललाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिमध्ये दुई जनको मृत्यु भएको र उनीहरुका परिवारलाई सम्मान गरिएको थियो । मरणोपरान्त गरिएको मन्नान श्रीमतीले ग्रहण गरेका थिए ।
काार्यक्रममा बोल्दै पार्टीका उपसभापति गुरुङले सत्ता गठबन्धनभन्दा बाहिर गएरै भएपनि राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठन गर्न कुनै कानुनी अफ्ट्यारो नभएको बताएका थिए । उनले संविधानले राजनीतिक साझा सरकार बनाउन नरोकेको स्पष्ट पार्दै त्यसमा कानुनी अड्चन नभएको बताए ।
सत्ता साझेदार दलकै नेतृत्वमा प्रदेश सरकार बन्नु पर्छ भन्ने कानुनी प्रावधान होइन र छैन, उपसभापति गुरुङले भने – आवश्यकता र राजनीतिक साझा सहमतिका आधारमा प्रदेश सरकार बनाउन सकिन्छ।”
कानून मन्त्री समेत रहेका गुरुङले प्रदेश सरकार गठनमा केन्द्रीय गठबन्धन अनुरुप नै गर्नु पर्छ भन्ने बाध्यात्मक व्यवस्था नभएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here