नगरपालिकाले हस्ताक्षर दुरुपयोग गरेको वाणिज्य संघका महासचिव मैनालीको आरोप

0
35

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले आफ्नो हस्ताक्षर नगरपालिकाले किर्ते गरेको आरोप लगाएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव मैनालीले बिर्तामोड नगरपालिकाले कर तथा राजश्व परामर्श समितिमा आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका सम्बन्धमा गत असार ५ गते बसेको राजश्व परामर्श समितिको बैठकमा आफूले वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गरे पनि नगरपालिकाका उपप्रमुख रावश्व परामर्श समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले उपस्थितिमा हस्ताक्षर गराएर परामर्श समितिको निर्णयमा आफू अनुकूल कम्प्युटर टाइप गरेर आफ्नो हस्ताक्षर दुरुपयोग गरेको महासचिव मैनालीले विज्ञप्ति मार्फत जनाएका छन् ।

आफूले व्यवसायीका मुद्दालाई उठान गरे पनि कुनै पनि विषय नसमेटिएको भन्दै उनले भनेका छन्– ‘मेरो सहमति विपरीत समितिका संयोजकले आफू अनुकूल निर्णय गरेर हस्ताक्षर गरेका छन् । कुनै पनि बैठकको उपस्थिति हस्तलिखित र निर्णय कम्प्युटर टाइप गरेर एउटै बैठकको माइन्युट दुई किसिमको हुँदैन ।’

उनले आफू वाणिज्य संघको महासचिव जस्तो जिम्मेवार पदमा रहेको र आफ्नो हस्ताक्षर दुरुपयोग गरेको विषय वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई जानकारी गराएको भन्दै निर्णय तत्काल नसच्याए आन्दोलनका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अगाडि बढ्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here