समाजबादी बाटोमा अघि बढ्ने संकल्प सहित पार्टी छाड्नेको लर्काे

0
32

झापा, नेकपा माओवादी केन्द्रले ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ कार्यक्रम ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान उद्घाटनकै दिन झापाको बिर्तामोडबाट ७१ जना पार्टीका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
लामो समयदेखि कम्युनिष्ट भएर माओवादी आन्दोलनमा संलग्न रहँदै आएका उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
समाजबादी बाटोमा अघि बढ्ने संकल्प गर्दै शनिवारबाट उनीहरुले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत पार्टीको बिभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका ७१ जना नेता तथा कार्यकर्ता रहेका छन् ।
उनीहरुले जारी गरेको पार्टी परित्याग घोषणापत्रमा भनिएको छ – ‘आजदेखि नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछौं ।’
उनीहरुले परित्याग गरेको पत्रमा नाम, पार्टीको जिम्मेवारी र हस्ताक्षरसमेत रहेको छ ।

  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here